सुनिल चौधरी
Photo2781बलाहा, १ मंसिर /थारु जागृति क्लव ईनरुवा बलाहाले आज बुधवार समाचखेवा कार्यक्रम सम्पन्न गरेको छ । ईनरुवा ९ बलाहा स्थित रहेको पोखरीमा टोलका सम्पुर्ण स्थानियबासिहरु सामुहिकरुपमा बिसर्जनगरी सम्पन्न गरेको कार्यक्रम संयोजक मोहिनारायण चौधरीले बताए ।
पुर्व सहायक मन्त्रि सिनेट श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा समा चखेवा प्रदर्शनि, भाईले कुरौटे चुगलालाई फोरने र बहिनीले भाईलाई आशिष दिई दिर्घायुको कामनागरी स्थानिय पोखरीमा बिसर्जगरेको हो । प्रमुख अतिथी श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै थारु संस्कार संस्कृति जोगाउन युवा पुस्ताले अगाडी बढनु पर्ने बताउनु भयो । कार्यक्रमका उद्धघोषक डि.सि चौधरी आफैले समा चखेवाको धार्मिक बिश्वास रहिआएको बारेमा प्रष्ट पारे । कार्यक्रममा उपस्थित अतिथीहरुले समा चखेवा जोगउनु नै राष्ट्रियता भएको बताए । यो पर्व थारुको मात्रै हैन राष्ट्रको गहना समेत भएकोले यसलाई संरक्षणकालागी राज्यबाट पनि पहल हुनुपर्ने अतिथीहरुले जोड दिएका थिए । कार्यक्रममा गोपाल काईराला,खेमराज पोखरेल,एस.एन मेहता,गैसस प्रतिनिधि पुष्प भट्टराई,था.क.स. जिल्ला सचिव सुरेन्द्र चौधरी,जिवनाथ पोख्रेल,पुरुषोतम घिमिरे,मनि गुरुङ्ग र पत्रकार सुनिल चौधरी लगायतका बक्ताहरुले बोलेका थिए । कार्यक्रम क्लवका अध्यक्ष रोशन चौधरीको सभापतित्वमा भएको थियो ।

 Photo2776 Photo2779 Photo2773Photo2782

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen