Photo2770रामधुनीभासि,३० /कार्तिक रामधुनीभासिको संगम टोल बिकास पनि मंगलवार पुर्ण सरसफाई बतावरण मैत्रि घोषणा भएको छ । रामधुनीभासि नगरपालिकाका प्रतिनिधि तथा सामाजिक बिकास शाखा प्रमुख हर्षलाल चौधरीको प्रमुख आतिथ्यतामा घोषणा भएको हो ।
वडा नं. ५ का संगमटोल बिकासको आयोजनामा भएको घोषणा कार्यक्रममा प्रमुख आतिथी चौधरीले टोलका अध्यक्ष गोबिन्द कोईरालालाई प्रमाण पत्र हस्तान्तरण गर्दै घोषणा गरेका हुन् । पच्हतर घरधुरी रहेको सो टोलमा अनुगमन गर्दा सबैले पाँच प्लस एक सुचक पुरा गरेको र बाटो घाटो निरन्तर सरसफाई गरिरहेकाले घोषणा गरेको खानेपानि तथा सरसफाई स्वच्छता समन्बय नगर समितिका संयोजक सरस्वती पौडेलले बताईन । यस भन्दा पहिले चार ओटा टोल बिकास पुर्ण सरसफाई बतावरण मैत्रि घोषणा भई सकेको छ । घोषणा हुनेमा वडा नं. ३ का जनजागृति टोल,वडा नं. १ का एकता र शिव चौक टोल,वडा नं. ५ का भानुनगर टोल बिकास रहेका छन् । कार्यक्रममा जेष्ठ नागरीक अम्बर बहादुर ओझा,रत्न कुमारी लम्साल,बालकुमारी ओझा र चम्पा देबि भट्टराइलाई प्रमुख अतिथीले दोसल्लाह ओढाएर सम्मान गरे । घोषणाकालागी नगरपालिका,वल्र्ड भिजन,युथ क्रिएशन सुनसरी,खानेपानि तथा सरसफाई समन्बय नगर समितिको सहकार्यमा घोषणा भएको छ । कार्यक्रममा राजु शाह,माधव कट्टेल नेत्र प्रसाद गौतम,एकनाथ निरौला,सरस्वती पौडेल,रामकरण खडगाँ,पर्शुराम शाह,अम्बिका रिजाल,बिपलव अधिकारी,झनक बहादुर कार्की लगायतका बक्ताले बोलाका थिए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen