झुम्का,२९ कार्तिक झुम्का बजारमा गएराती दुई पसलमा चोरी भएको छ । झुम्काचोकमै प्रहरीबिट नजिकै रहेका छुट्टाछुट्टै दुई पसलबाट चोरी भएको हो । प्रहरीबिटबाट सय मिटर उत्तरमा रहेको डायमण्ड टेलर्स र लक्ष्मि मनिहारी कस्मेटिक स्टोरबाट नगद र जिन्सि सामान चोरीभएको छ ।
टेलर्सबाट नगद चालिस हजार तथा कोट,पेन्ट र कस्मेटिक स्टोरबाट पचाँसहाजार पाँच सय बराबरको चोरी भएको छ । टेलर्सका प्रोप्राईटर नौसाद खाँ का अनुसार कर्मचरीलाई दिन राखिएको नगद रु चालिस हजार र कोट,पेन्ट पसलको ताल्चा फोरी चोरीभएको जनाएको छ । पसलमा चोरी भएको विहान मात्रै थाहा भएको थियो । खाँले चोरीगर्नेहरुलाई पत्तालगाई कारवाहि गर्नुपर्ने माग गरेको छ ।
चोकमै भएका चोरीका दुवै घटनाको प्रकृति मिल्दो जुल्दो भएकोले चोरीको गिरोह एउटै हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनाबारे अनुसन्धान भईरहेको ईलाका प्रहरी पकलीले जनाएको छ ।