Photo2752ईनरुवा,२८ कार्तिक /जिल्ला कृषि बिकास कार्यालय सुनसरीले आज आईतवार उत्कृष्ट कृषक र कृषिमा अनुकुल बिषयक निबन्ध प्रतियोगीताका बिजेताहरुलाई पुरस्कार बितरण तथा सम्मान गरेको छ । निमित जिल्ला प्रमुख अधिकारी गोपाल प्रसाद पराजुलीले निबन्ध प्रतियोगीताका बिजेता बिध्यार्थी र कृषकहरुलाई राष्ट्रपति उत्कृष्ट पुरस्कारले सम्मान गरेको बरिष्ठ कृषि बिकास अधिकृत राजकान्त झाँले बताउनु भयो ।
पुरस्कृत हुनेमा च्याउ खेती कृषक महेन्द्रनगर ९ का दिपक आचार्य,पशुपंक्षिपालन गर्ने कृषक प्रकास पुरका अर्जुनकुमार अधिकारी र ब्यवसायीक तरकारी खेती गर्ने कप्तानगंज २ का देवनन्द मेहतालाई जनहि नगद रु दश दश हजारका दरले पुरस्कृत गरेको छ । त्यसैगरी ३६ औ बिश्व खाध दिवसको अवसरमा आयोजित जलबायु परिवर्तन गर्नु छ र कृषिमा अनुकुल बिषयक निबन्ध प्रतियोगीताका बिजेता प्रथम हुने कोशी पब्लिक एकेडेमी ईनरुवाकी छात्रा निरुता यादव,दोस्रो हुने त्रिभुवनमाबि डुम्राहाका प्रमोद कुमार मण्डल,तृतिय हुने नवयुग एकेडेमि बलाहाकी श्रेया पोखरेल र सान्तवना हुने जनक स्मृति माबि ईनरुवाका आशिस दाहाललाई क्रमश रु दुई हजार,रु एक हजार पाँच सय,रु एक हजार र रु आठ सयगरी पुरस्कृत गरीएको छ ।
कार्यक्रममा उत्कृष्ट कृषकहरु आफना अनुभव सुनाएका थिए भने बिजेता बिध्यार्थीहरुले आफना निबन्ध सुनाएका थिए । सम्ममान कार्यक्रममा प्रमुख अतिथी पराजुलीले यस किसिमका पुरस्कारले कृषकहरु अझै उत्साहित हुने बताउनु भयो । उहाँले वास्तबिक कृषलाई अगाडी आएर समस्याहरु राख्न समेत बताउनु भयो । कार्यक्रममा गैर सरकारी संस्थाका प्रतिनिध पुष्प भटराई लगायतका बक्ताहरुले बोलेका थिए भने कार्यक्रम निमित स्थानिय बिकास अधकारी शिव कुमार निरौलाको सभापतित्वमा जिल्ला कृषि बिकास कार्यलयको सभाहलमा सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen