Photo2734झुम्का,२७ कार्तिक रामधुनीभासी नगरपालीकालाई पुर्ण सरसफाई वातावरण मैत्रि रणनिति अनुसार सन् २०१७ सम्ममा घोषणा गर्ने अभियान अन्तर्गत नगरका टोल बिकास संस्थाहरु पुर्ण सरसफाई वातावरण मैत्रि उन्मुख हुदै गएको छ । नगर बिकास तथा सरसफाईकालागी कार्यक्रम सञ्चालन गरीरहेका बिभिन्न संघ संस्था,समितिहरुको सहयोगमा रामधुनीभासीका टो.बि.स.हरु पुर्ण सरसफाई वातावरण मैत्रि उन्मुख हुदै गएको हो ।
नगरलाई वतावरण मैत्री एकैपटक घोषणा गर्न चुनौति रहेकाले नगरपालीकाले टोल बिकासहरुलाई चरणबद्ध रुपमा घोषणा गर्दै लगीएको छ । यसै क्रम्मा सनिवार वडा नं. १ स्थित शिव टोल बिकासलाई पुर्ण सरसफाई वातावरण मैत्रि टोबिस घोषणा गरेको सामाजिक बिकास शाखा प्रमुख हर्षलाल चौधरीले बताए । कार्यकारी अधिकृत प्रमोद चौधरीले एक कार्यक्रम बिच टोल बिकासका अध्यक्ष एकनाथ निरौलालाई सरसफाई प्रमाण पत्र हस्तान्तरण गर्दै घोषणा गरे । घोषणा कार्यक्रममा स्थानिय राजनितिकदलका प्रतिनिधिहरु अनुपस्थित रहदा अधिकृत चौधरीको सम्बोधनमा आक्रोस देखिए । नगरका टोल बिकासहरु सरसफाईमा गतिलिएको अवस्थामा स्थानियलाई हौसला प्रदान गर्नु पर्नेमा कर्यक्रमहरुमा अनुपस्थित भई राजनितिकदलका प्रतिनिधिहरु गैर जिम्मेवार बनिरहेको अक्रोस ब्यक्त गरे । कार्यक्रममा जेष्ठनागरीकलाई समेत सम्मान गरेको छ । ७९ बर्षिय हरीमाया अधिकारी र ९३ बर्षिय कृष्ण प्रसाद रेगमीलाई अधिकृत चौधरीले दोसल्लाह ओढाएर सम्मान गरे । कार्यक्रम घोषणा नगरपालिका,वल्र्ड भिजन,युथ क्रिएशन सुनसरी,खानेपानि तथा सरसफाई समन्बय नगर समितिको सहकार्यमा घोषणा भएको छ ।

  Photo2726 Photo2727Photo2731

Photo2750

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen