Photo2664झुम्का,कार्तिक २६ /थारु महिला उत्थान समाज रामधुनीभासिले बिहिावार हरिबोधनी एकादशिको अवसरमा महिला जेष्ठ नागरीक र एकल महिलालाई सम्मान गदै नृत्य प्रतियोगीता कार्यक्रम सम्पन्न गरेको छ । जेष्ठ नागरीक ८९ बर्षिय रामधुनीभासी १ डुमैरीयाकी जोखनीदेबि चौधरी र एकल महिला रामधुनीभासी २ की रेनुका देविलाई सम्मान गरेको हो ।
उत्थान समाजका अध्यक्ष सिता चौधरीको सभापतित्वमा सम्पन्न सो कार्यक्रमबाट संस्थालाई बिधिवत रुपमा उद्धघाटन समेत गरेको छ । जिल्ला प्रशासन कार्यलय सुनसरीमा दर्तागरीएको छ । कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित रामधुनीभासि नगरपालिकाका कार्यकारी अधिकृत प्रमोद चौधरीले उद्धघाटन गर्नु भयो ।
नृत्य प्रतियोगीतामा सहभागी बिस ओटा समुहलाई जित्दै नवयुवा फ्रेन्डस क्लव बडहरा प्रथम भएको छ । थारु राष्ट्रगीत “सुन्दरसे सुन्दर धर्ती हमर देश” गीतको बोलमा नृत्य प्रस्तुत गर्दै प्रथम भएको हो । बडहरा गाउँका क्लव प्रथम हुदै नगद राशि सहित रु तिन हजार पाँच रुपैया सहित सिल्ड र प्रशंसा पत्र जितेको छ । त्यसैगरी बाल आदर्श बोर्डिङ्ग स्कुल उब्धि दोस्रो ,समाज सुधार युवा क्लव बक्लौरी ढेरीगाउँ तेस्रो ,जनजागृति युवा क्लव भादगाउँ सान्त्वना र साहारा युवा क्लव पचरुखि उत्कृष्ट भएको छ । दोस्रो हुनेले दुईहार पाँच रुपैया,तेस्रो हुनेले एक हजार पाँच रुपैया,सान्तवनाले सिल्ड र उत्कृष्टले सिल्ड सहित प्रसंसा पत्र पाएको छ । निर्णायकमा दिलिप चौधरी,श्रवण चौधरी र सुमिता चौधरी रहनु भएको थियो ।
संस्कार,संस्कृति संरक्षणको उद्देश्यले थारु महिला उत्थान समाज रामधुनीभासिले आयोजना गरेको सो नृत्य प्रतियोगीतामा अधिकृत प्रमोद चौधरीले महिला अगाडी बढे राष्ट्र समृद हुने बताउनु भयो । त्यसैगरी समाजसेवि संकरलाल चौधरी,सुसिला चौधरी,चन्द्रकुमार चौधरी,शान्त राम कार्कीले मन्तब्य दिदै एकादशिको शुभकामना दिनु भयो । कार्यक्रममा संस्थाकी कोषाध्यक्ष अशा चौधरीले स्वागत मन्तब्य र सदस्य तारा देवि चौधरीले कार्यक्रम उधेश्यबारेमा प्रकास पार्नु भयो भने सुनिल चौधरी,सिता चौधरी,आशा चौधरी,बिमला चौधरी,भगवती चौधरी र तारा देबि चौधरीले कार्यक्रममा उद्धघोषण गर्दै दर्शकलाई समेत नचाएका थिए ।

 Photo2677 Photo2711Photo2696

Photo2667 Photo2672 Photo2673 Photo2675 Photo2680 Photo2681 Photo2688 Photo2689 Photo2691 Photo2693 Photo2699 Photo2707 Photo2716

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen