मोरङ्ग, २३ कार्तिक / कृषकले मानो रोपेर मुरीफलाउदा औधिनै खुसि भएको हुन्छ । तिन महिना घाम,ताप,हिलो सहेर उब्जाएको हुन्छ ,कृषकको हर्षको सिमानै हुदैन तर अचानक फलेको मुरी जलेर नष्ट भयोभने कृषकको मन कस्तो हुन्छ होला । यसतै घटना भएको छ मोरङ्गको डङ्ग्राहा ९, धरहरागाउँमा । मोरङ्गको डङ्ग्राहामा धानको खमारीमा आगलागीहुदा धान जलेर नष्ट भएको छ । धान काटेर मार्न ठिक परेको बेला जग्गाधनी अघनलाल धामिको धानको खमारीमा गएराति आगोलाग्दा ३ बिघाका धान जलेर नष्ट भएको हो । पारिवारिक स्रोतअनुसारका ३ः०० बजे खेत पुग्दा पुरै जलेर नष्ट भएको जनाएको छ भने आगो कसले र किन लगाएको भन्ने एकिन जानकारी न भएको जनाएको छ । खमारी आगलागी हुने कुनै सम्भावना पनि नरहेको उनीहरुको दाबि रहेको छ । कसैले आगो लगाईको हो भन्ने स्थानियको ठम्याई रहेको छ । स्थानियका अनुसार धानको बोझको ढेरीमा आगोलगाउनु कुनै रिसिईबि साध्न रहेको जनाएको छ । अपरिचित साईकलपनि सो धानको ढेरीमा जलेको छ । इलाका प्रहरी कार्यालय हरैंचा , इलाक प्रहरी कार्यालय बेलबारी र शसत्र वेस क्याप डङ्ग्राहाले अपराधमा संलगनको तिब्र खोजी कार्य गरि रहेको जनाएको छ भने अनुसन्धानको क्रममा साईकल जलेको अवस्थामा पाएको छ। सो साईकल घटनामा संलग्न व्यक्तिको हुन सक्ने आंशका गरिएको छ ।
।