रामधुनीभासि,कार्तिक १३ /रामधुनीभासिको कुम्याहिमा सञ्चालित नवौ जिल्ला स्तरिय नकाउट फुटवल प्रतियोगीताको फाईनल खेल सिवनगर क्लवले जितेको छ । सिवनगरले १२ ओटा क्लवलाई पछि पार्दै ट्रफि सहित प्रथम पुरस्कार १२ हजार नगद राशि जितेको छ भने दोस्रो हुने आयोजक क्लवले ट्रफि सहित ८ हजार नगद राशिमा चित बुझाउनु पर्यो । पुरस्कार रामधुनीभासि नगरपालिकाका कार्यकारी अधिकृत प्रमोद चौधरीले बितरण गर्नु भएको थियो ।
सनिवार भएको फाईनल खेलमा सिवनगरले अयोजक क्लवलाई टाईब्रेकरबाट पराजित गरेको हो । खेल १–१ गोलको बराबरी भएपछि टाईब्रेकरबाट खेलको टुङ्गो लगाएको थियो । फाईनल खेलको पहिलो हाफमा आयोजक क्लवले पहिलो १ गोल गरे । सिवनगरले भने पहिलो हाफको अन्तिम समयमा गोल गर्दै बराबरि गरेको थियो । दुवै टिमले दोस्रो हाफमा गोल गर्न नसक्दा खेल बराबरीमा टुङ्गिएको थियो । खेलको पहिलो हाफमा सामान्य बिबाद समेत भएको थियो । लाईन्स म्यानको लापरवाहिले बिवाद भएको हो । आयोजक क्लवले दोस्रो गोल गर्दा खेलाडि अफ साईड भएर गोल गरेको भन्दै बिवाद भएको थियो । पछि सो गोललाई अमान्यगरी आफसाईड लिदा बिवाद साम्य हुदा पुनः खेल सञ्चालन भएको थियो ।
खेल हुनु भन्दा अगाडी भएको कार्यक्रममा रामधुनिभासि नगरपालिकाका सामाजिक कार्यक्रम बिकास शाखा प्रमुख हर्षलाल चौधरी त्यसैगरी राजनितिकदल,संघ संस्थाका प्रतिनिधि,शिक्षक लगायतका अतिथिहरु उपस्थित थिए । श्री जनचेतना युवा क्लव रामधुनीभासि ८ कुम्याहीको आयोजनामा भएको सो फुटवल प्रतियोगीता श्री संकर प्राबिको खेल मैदानमा भएको हो ।