झुम्का,कार्तिक ७ / रामधुनीभासि २ झुम्का स्थित रहेको मैत्रि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज आईतवार छैठौ साधारण सभा सम्पन्न भएको छ । स्वर्णिम बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक महेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।प्रस्तुत प्रतिवेदनमा संस्थाले आर्थिक बर्ष २०७२÷७३ मा ९५ लाख तैस हजार आठ सय पचहत्तर रुपैया कुल निक्षेपगरी १ करोड ३८ लाख ६३ हजार ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख गरीएको छ ।मैत्रिका अध्यक्ष रामकुमार चौधरीले प्रतिवेदन प्रस्तुत गर्नु भएको हो । चौधरीले संस्थामा भए गरेको कार्यहरुको कार्यन्वयन,भावि योजनाहरुको बारेमा समेत प्रस्तुगर्नु भयो । संस्थाले असलबचत कर्ता र असल ऋणीलाई सम्मान गरेको छ । आसल बचतकर्तामा सपन कुमारी चौधरी,सरीता कुमारी चौधरी,सरस्वती शाह र पुजा कुमारी चौधरीलाई सम्मान गरेको छ भने असल ऋणीमा मनोज श्रेष्ठ,नारायण चौधरी,कमला माझि,दरपलाल फनैत र जैतुन खातुनलाई कदर पत्रले सम्मान गरेको मैत्रि बचतका रमानन्द चौधरीले बताउनु भयो ।