P1040474 झुम्का कार्तिक ६ /सुनसरीमा थारु पत्रकार संघ जिल्ला कार्यसमिति गठन भएको छ । पत्रकार संघका केन्द्रिय उपाध्यक्ष प्रदिप लेखीको उपस्थितीमा ११ सदस्य समिति रहनेगरी थारु पत्रकार संघ जिल्ला कार्यसमिति गठन भएको हो ।
नव गठित पत्रकार संघको जिल्ला कार्यसमितिमा अध्यक्षमा कुल्दिप चौधरी,उपाध्यक्षमा निशान चौधरी,सचिवमा सुनिल चौधरी,कोषाध्यक्षमा आरती चौधरी,सहसचविमा एल. एन.गच्छदार लगायत ६ सदस्य रहेको छ । सदस्यमा दिब्या,श्रवण,गिता,सुरेन्द्र ,कमला ,ललिता चौधरी रहेका छन् । सल्लाहकारमा धिरेन्द्र,तेजनारायण,केसीलाल र मनोज चौधरी हुनुहुन्छ ।

पुर्वाञ्चलमै पहिलो पटक एैतिहासिक रुपमा गठन भएको यस पत्रकार संघले पत्रकारितामा परिवर्तन संगै थारु पत्रकार बिकासमा अह्मभुमिका खेल्ने केन्द्रिय उपाध्यक्ष लेखीेले बताउनु भयो । सुनसरी जिल्लाका थारु पत्रकारहरुलाई क्षमता बिकासगरी मुलधारका मिडियामा ल्याउन बिशेष किसिमका तालिम सञ्चालन गर्ने लेखीले बताउनु भयो । स्थानिय पत्रकारीतामा स्वच्छ,सत्य तथ्य निष्पक्ष सामाचारकालागी अबका दिनमा थारु पत्रकारहरु अगाडी बढदै नेतृत्व दायी भुमिका खेल्नु पर्ने लेखीले बताउनु भयो । लेखीले पत्रकारहरु स्वतन्त्र रहने भएकोले यो संघ कुनै राजनितिक पार्टि या जातिय संघ संगठनको भात्रिसंगठन नभएको स्पष्ट पार्नु भयो ।

त्यसैगरी गठन कार्यक्रममा उपस्थित आदिवासी जनजाती महाँ संघ जिल्ला उपाध्यक्ष तेजनारायण चौधरीले थारु पत्रकार गठनले ओझेलमा परेको थारुहरुको अधिकारलाई बुलन्द गर्नकालागी शुभकामना दिनु भयो । अहिले रहेको एक जातिय र एकपक्षिय मिडियालाई थारु पत्रकार संघले चिरफार गरी अगाडी बढनु पर्ने समेत बताउनु भयो । थारु कल्याणकारीणी सभाको केन्द्रिय पार्सद केसिलाल चौधरीले स्थानिय तवरमा रहेको थारुकला संस्कृति प्रचार प्रवद्धन गर्नु पर्ने सुझाव दिनुभयो । अहिले पनि थारुहरु धार्मिक सांस्कृतिकले पछाडी पर्दै गईरहेको हुनाले यसलाई बहसमा ल्याउनु पर्ने चौधरीले बताउनु भयो ।

नयाँ गठित कार्यसमितिका अध्यक्ष कुल्दिप चौधरीले थारु पत्रकारहरु यस क्षेत्रमा टिक्नै नसक्ने भएकोले पत्रकारीतामा उनीहरुको यथावतकालागी बातावरण सिर्जना गर्ने बताउनु भयो । त्यसैगरी थारु पत्रकार संघ थारुजातीहरुको भएपनि यस संघले सबै भाषा,धर्म समुदायको समाचारलाई निष्पक्ष ढंगले सम्प्रेशन गर्ने सचिव सुनिल चौधरीले बताउनु भयो । नयाँ कार्यसमिति चयनकालागी कार्यक्रममा बिभिन्न मिडियामा आबद्ध थारु पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रम थारुकल्याणकारीणी सभाका जिल्ला सचिव मनोज चौधरीलेको सभापत्तिवमा भएको थियो भने कार्यक्रम सञ्चालन सुनिल चौधरीले सञ्चालन गर्नु भयो ।
P1040469

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen