सुनिल चौधरी
रामधुनीभासि कार्तिक ३ / रामधुनीभासीको श्री जन चेतना युवा क्लव कुम्याहीको आयोजनामा आज देखि सुरुभएको नवौ जिल्ला स्तरिय नकाउट फुटबल प्रतियोगीताको उद्धघाटन खेलमा जब्दि क्लव लबिपुरलाई २ का बिरुद्ध ४ गोल गर्दै एकम्बा क्लवले जितेको छ । प्रतिस्पर्धात्मक खेलमा एकम्बाले पहिलो हाफमा २ गोल र दोस्रो हाफमा २ गोल गर्दै ४ गोलले जितेको हो ।
पहिलो हाफको खेलकमा जब्दि क्लव लबिपुरले पहिलो गोल गर्दै अग्रता लिएको थियो । केहि छिनमै एकम्बाका खेलाडी योगेन्द्र चौधरीले पहिलो गोल गर्दै बरावरी गरे । एकम्बाले आफनो पक्षमा खेल राख्दै भोला चौधरीले सहज रुपमा थप १ गोल गर्दै १–२ गोलको अग्रता दिलाए । दोस्रो हाफमा जब्दि क्लव लबिपुरले थप एक गोल गरे । लगतै एकम्बाका खेलाडी योगेन्द्र चौधरी र अमित चौधरी एक एक गोल गर्दै ४ गोलले जित हात पारेको छ । आजको खेलमा म्यान अफदि म्याच एकम्बाका दुई गोलकर्ता योगेन्द्र चौधरी भएको आयोजक समितिले जनाएको छ ।
नकाउट फुटबल प्रतियोगीताको उद्धघाटन खेलमा खेल बिकास समिति नगर अध्यक्ष लेखनाथ बास्तोला भोलाले एम्पायर शुरेन्द्र श्रेष्ठलाई फुटबल हस्तान्तरण गर्दै उद्धघाटन गर्नु भयो । नकाउट फुटबल प्रतियोगीताको उद्धघाटन गर्दै भोलाले कालीझोडाको रामधुनी सामुदायीक बनमा रहेको फिल्डलाई स्तर उन्तीकालागी फुटबल प्रतियोगीता गर्नु पर्ने बताउनु भयो । कुम्याहीका स्थानिय र युवाक्लवले साथ दिए कुम्याहीमा खेलाडीहरुको उत्पादन र खेलमय बनाउन साथ सहयोग रहने नगर अध्यक्ष भोलाले प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा बिशेष अतिथी धमौरीका समाज सेवि खुसिलाल ठाकुर ,अतिथीहरुमा खेबिस नगर सचिव अर्जुन चौधरी,साबिक सिंगीया गाबिस निबर्तमान उपाध्यक्ष रामनारायण चौधरी लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । उद्धघाटन कार्यक्रम खेलकुद आयोजक समितिको संयोजक राजकुमार चौधरीको सभापतित्वमा भएको हो । नकाउट फुटबल प्रतियोगीता रामधुनीभासि वडा नं. ८ कुम्याही स्थित रहेको श्री संकर प्राबिको खेल मैदान भईरहेको छ । भोलीको खेल हसनपुर क्लव बिरुद्ध सकबनि क्लवको हुने आयोजक समितिले जनाएको छ ।