सुनिल चौधरी
रामधुनीभासि, कार्तीक २ /नेपालीहरुको महान चाँड बिजया दशमी,शुभ दिपावली,छैठ,म पुजाँ,लोसारको अवसरमा आज नेकपा एमाले रामधुनीभासि नगर संगठनले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । बैकल्पिक केन्द्रिय सदस्य धर्मराज निरौलाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको नगर अध्यक्ष डेगराज फुयालले जानकारी दिनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दैै प्रमुख अतिथी निरौलाले एकता सदभाव,संबिधान कार्यब्यन,आर्थिक समृदिकोलागी पार्टि अगाडी बढनु पर्ने धारणा ब्यक्त गर्दै नगरवासीहरुलाई समृदिको शुभकामना दिनु भयो । त्यसैगरी प्रदेश नम्बर ३ का सदस्य भिमराई नगर सचिवालय संयोजक संकरलाल चौधरी,प्रदिप खनाल ,नगरपालिका प्रतिनिधि हर्षलाल चौधरी लगायका अतिथीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा प्रत्येक वडाका ईन्चार्ज शाखा प्रमुखहरुले शुभकामना मन्तब्य राखेका थिए । वडा नं. १ बाट बिषणु प्रशाद सुबेदि, २ बाट खगेन्द्र काफले, ३ बाट पर्शुराम चौधरी,४ बाट अन्तराम चौधरी,५ बाट केदार श्रेष्ठ, ६ बाट बुधनारायण चौधरी, ७ बाट लक्षमण चौधरी, ८बाट राजकुमार चौधरी,९ बाट मोहन कोईराला र वडा नं. १० बाट कमल कार्कीले शुभकामना मन्तब्य राखेका हुन । कार्यक्रम नगर अध्यक्ष डेगराज फुयालको सभापतित्वमा भयो भने कार्यक्रममा उघोषण बिमल गुरागाईले गर्नु भएको हो ।