सिंगीया, अशोज २३ हातेमालो टोल विकाश तथा सुधार कार्य समिति रामधुनीभासि सिंगीयाले नगरस्तरीय तेस्रो हाजिरी जवाफ प्रतियोगिता सनिवार सम्पन्न गरेको छ ।
दशै,तिहार पर्वको पावन अवसरमा नगरपालिको निमित कार्यकारी अधिकृत हर्षलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
दुर्गा प्रसाद पौडेल को सभापतित्वमा संचालित हाजिरी जवाफ प्रतियोगितामा वडा नं. ९ नागरिक वडा मंच प्रथम भएको छ । दृतियमा वडा नं. ६ नागरिक वडा मंच र वडा नं. ५ नागरिक वडा मंच तृतिय भएको छ । प्रतियोगितामा वडा न . ५,६,७,८,९ र वडा नं. १० सहभागी रहेको कार्यक्रम उधोषक बिशाल पराजुलिले बताउनु भयो ।
रामधुनीभासी ७ स्थित श्री जनता उच्च माध्यमिक बिध्यालयको प्रागनमा भएको थियो भने सह आयोजक रामधुनीभासि नगरपालिका र मिडिया पार्टनरमा रेडियो रामधुनि रहेको थियो ।