झुम्का,अशोज १९ / रामधुनीभासि खेलकुद बिकास नगर समितिद्धारा आयोजित रामधुनीभासीमा जारी रामधुनीगोल्डकप फुटवल प्रतियोगीतामा बिहिवार आयोजक टिम रामधुनभासी र ईटहरीको सेमिफाईनल खेल हुने भएको छ ।
शान्तिनगर फुटवल क्लव ईटहरी बिरुद्ध रामधुनीभासी खेलकुद बिकास समिति रामधुनिभासिको सेमिफाईनल खेल रोचक र प्रतिस्पर्धात्मक हुने दर्शकहरुले बताएको छ । ईटहरीले शस्त्र प्रहरी वललाई टाईब्रेकरमा पराजित गरी सेमिफाईनल पक्का गरेको थियो भने रामधुनीभासिले बेलबारीलाई १ का बिरुद्ध ४ गोल अन्तरले पराजीत गरी ईटहरी संग भेट पक्का गरेको हो ।
त्यसैगरी बुधवारको खेलमा न्यु स्टार क्लब भरौलले ० का बिरुद्ध ३ गोल अन्तरले पुर्व क्षेत्रीय प्रहरी टीम रानीमोरङ्गलाई पराजित गरेको छ । रामधुनीभासिको वडा नं. १० रामधुनी सामुदायीक बन सिग्दार माझी टोलको खेल मैदानमा न्यु स्टार क्लब भरौलले जित निकाल्दै सेमिफाईनलमा प्रवेस गरेको छ । भरौलका जर्सि नम्बर २० का खेलाडी राजकुमार धामिले गोलको खाता खोलेका थिए लगतै दुई मिनेटको अन्तरालमा फेरी अर्का जर्सि नम्बर ८ का खेलाडी रोसन भुजेलले गोल गर्दै पहिलो हाफ सम्मा दुई गोलको अग्रता लिए । दोस्रो हाफको खेलमा भरौलले खेल आफनो पक्षमा राख्दै जर्सि नम्बर ७ का खेलाडी सतिश धामिले एक गोल गर्दै ० का बिरुद्ध ३ गोल अन्तरले जित निकालेको हो ।
रानीमोरङ्गले खेलको सुरुवातमा खेल आफनो पक्षमा पारेपनि धेरै समय सम्म टिक्न सकेन । गोल गर्ने अवसर धेरै पाए पनि परिनत गर्न सकेन । अन्तत ३ गोलले पराजित हुन पुग्यो ।