झुम्का,अशोज १८/ रामधुनीभासि खेलकुद बिकास नगर समितिद्धारा आयोजित रामधुनीभासीमा जारी रामधुनीगोल्डकप फुटवल प्रतियोगीतामा आजको खेलमा आयोजक टिम रामधुनीभासि खेलकुद बिकास समितिले ४–१ गोल अन्तरले बेलबारी क्लब मोरङ्गलाई पराजित गरेको छ । रामधुनीभासिको वडा नं. १० रामधुनी सामुदायीक बन सिग्दार माझी टोलको खेल मैदानमा रामधुनीभासि खेलकुद बिकास समितिले जित निकाल्दै सेमिफाईनलमा प्रवेस गरेको छ । वेलवारीका खेलाडीले खेलको सुरुवातमेै आत्मघाति गोल गरे । सातौ मिनेटमा अयोजक टिमले थप एक गोल गर्दै २ को अग्रता लिदै खेल आफनो पक्षमा पारेको थियो । बेलबारीले भने पहिलो हाफको खेलमा सान्तवना १ गरेको थियो । त्यसैगरी दोस्रो हाफको खेलमा फेरीपनि आयोजक टिमले उत्कृष्ट खेल प्रदर्शन गर्दै २ गोल थप्दै १ का बिरुद्ध ४ गोल अन्तरले जित निकालेको टिम प्रमुख महेश चौधरीले जानकारी दिनु भयो । भोलीको खेलमा पुर्व क्षेत्रीय प्रहरी टीम रानीमोरङ्ग र न्यु स्टार क्लब भरैल सुन्सरी बीच हूने आयोजक समितिले जनाएको छ ।