IMG_20161002_150841झुम्का, अशोज १६ /रामधुनीभासीमा आईतवार देखि रामधुनीगोल्डकप फुटवल प्रतियोगीता २०७३ सुरु भएको छ । खेलकुद बिकास समिति रामधुनीभासीको आयोजनामा एन्फाका बरिष्ठ उपाध्यक्ष किशोर कुमार राईको प्रमुख आतिथ्यतामा प्रथम गोल्डकप फुटवल प्रतियोगीता सुरु भएको नगर अध्यक्ष भोला वास्तोलाले बताउनु भयो ।
रामधुनीभासिको वडा नं. १० रामधुनी सामुदायीक बन सिग्दार माझी टोलको खेल मैदानमा प्रमुख अतिथी राईले रेफ्रिलाई फुटबल हस्तान्तरण गर्दै खेल उद्धघाटन गर्नु भयो । आज उद्धघाटन खेलमा शस्त्र प्रशरीबल झापा बिरुद्ध शान्तिनगर फुटबल क्लव ईटहरीको रहेको थियो । खेलमा शान्तिनगर फुटबल क्लव ईटहरीले टाईब्रेकरबाट  ४–३ गोल अन्तरले शस्त्र प्रशरीबल झापालाई पराजित गरेको छ । खेलको पहिलो हाफमा ईटहरीले खेल आफनो पक्षमा राख्दै गोलको धेरै अवसर पाएपनि गोलमा परिनत गर्न सकेन । खेलको दोस्रो हाफमा पनि कुनै गोल हुन नसक्दा खेल बराबरिमा सकिएको थियो । टाईब्रेकरबाट  शान्तिनगर फुटबल क्लव ईटहरीले जित निकाल्दै सेमिफाईनलमा प्रवेस गरेको छ ।IMG_20161002_162807

उद्धघाटन समारोहमा बोल्दै प्रमुख अतिथी राईले प्रथम संस्करणको रामधुनीगोल्डकप फुटवल प्रतियोगीता एैतिहासि भएकोले अबको दिनमा राष्ट्रियकरण गदै रामधुनीलाई पहिचान गराउनु पर्ने सुझाव दिनुभयो । त्यसैगरी बिशेष अतिथीमा ईलाका प्रहरी पकलीका प्रमुख शान्तराम कार्की रहनु भएको थियो । कार्यक्रममा रामधुनीभासिका प्रतिनिधि दिलिप चौधरी लगायतका अतिथिहरुले प्रतियोगीता भब्य र सभ्य रुपमा सम्पन्नकालागी सुभकामना दिनु भयो । प्रथम पुरस्कार ५१ हजार नगद राशि रहेको सो प्रतियोगीतामा ८ टिम सहभागी रहेको आयोजक समितिले जनाएको छ ।

IMG_20161002_163915 IMG_20161002_164210
IMG_20161002_164438

IMG_20161002_155623

IMG_20161002_155640IMG_20161002_162204
IMG_20161002_162339 IMG_20161002_162541 IMG_20161002_162550 IMG_20161002_162601 IMG_20161002_162609 IMG_20161002_162634

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen