प्रकाशबाबु भट्ट ,
झुम्का,अशोज १२/सोसिता रामले विगतचाँर वर्षदेखि शिवशंकर बालविकास केन्द्रमा सहयोगी कार्यकर्ताको रुपमा सेवा गरिरहनु भएको छ । उहाँ आप्mना सासु ससुरा र एक छोरीका साथ रामधुनीभासी न.पा. वडा नं. ४ मोची टोलमा बस्दै आउनुभएको छ । उहाँ भन्नुहुन्छ यो बालविकास केन्द्र शुरु हुनुभन्दा पहिला गाउँका केटाकेटीहरु विद्यालय टाढा भएको हुनाले घरमानै खेली बस्द्थे । सन् २०१२ मा वल्र्ड भिजनइन्टरनेशनल नेपाल सुनसरी र साविकको भासीगा.वि.स. (हाल रामधुनीभासी) को सहयोगमा बालविकास केन्द्र स्थापनामा सहयोग भयो । सोसिता राम (मोची) भन्नुहुन्छ राजमार्ग देखि नजीक भएपनि यो.२९ घरधुरी रहेको मोची टोल गरिब र पिछडिएको छ ।
बालविकास केन्द्र स्थापना पछि तालिम कार्याशाला र बाह्य संसारमा सहभागिहुने प्रशस्त अवसरहरु प्राप्तभएको यसै केन्द्रका व्यवस्थापन समितीका अध्यक्ष रामकुमार मोचीले बताउनु भयो । जसबाट त्यस समुदायले प्रारम्भिक बालविकासका बारेमा ज्ञान र सीप पाएका छन् । यो केन्द्रले उनीहरुको सिकाईको आधार खडा गरिदिएको छ । यस केन्द्रको निरन्तरताकोलागि व्यवस्थापन समितीले विभिन्न संस्थाहरुसँग समन्वय गरिरहेको छ । सहजकर्ताको पारिश्रमिकभने रामधुनीभासी नगरपालिकाबाट सहयोग भइरहेको सहजकर्ता मोचीले बताउनुहुन्छ । मोची भन्नु हुन्छ “यस बालविकास केन्द्रमा संलग्न भएपछि मेरो व्यक्तित्वमा धेरै विकास भएको छ ।”जिल्ला शिक्षा कार्यालय सुनसरीले धेरै पटक अनुगमन गरे र आफुलगायत समितीबाट पटक पटक जिल्ला शिक्षा कार्यालयमै गएर निवेदन दिँदाको क्षण उहाँ समझिँदै भन्नुहुन्छ जिल्ला शिक्षा कार्यालयले आशामात्र देखायो र कुनै सहयोग नगरेकोमा दुखेसो छ । यो बालबिकास केन्द्र स्थापना गर्नकालागी वल्र्ड भिजन ईन्टरनेशनल नेपाल सुनसरीले सहयोग गरेको थियो ।
राज्यले ऐनमा नै व्यवस्था गरी प्रारम्भिक बालशिक्षालाई प्राथमिकता दिएको भएपनी मोची टोल जस्ता थुप्रै पिछडिएका गाउँ बस्तीहरुमा आप्mना सुन्दर भविष्य बनाउने सपना बोकेर बसेका बालबालिकाहरुमा राज्यको ध्यानजानु जरुरी छ ।