सुनिल चौधरी,झुम्का अशोज ८ / थारु महिला उत्थान समाज रामधुनीभासिले २०७३ सालको जितिया पर्व भब्य र उत्साहपुर्ण रुपमा जितिया कार्यक्रम सम्पन्न गरेको छ । उत्थान समाज लगायत गाउँ टोल कल्वबाट आएको बृहत झाँकीका साथ झुम्का बजार परिक्रमा गर्दै सुक्रवार भब्यरुपमा जितिया कार्यक्रम समपन्न गरेको हो ।रामधुनीभासि २ स्थित जितमहान चौकमा जितिया बिशेष सास्कृतिक कार्यक्रम गर्दै “आबु आबु थारु महिला अगा,नै सहबै आब दुब्यवहार और हिंसा” नाराका साथ महिलाहरुमाथि हुने दुरब्यवहार र हिंसा अन्त्यहुनु पर्ने सन्देश दिएको छ । कार्यक्रममा प्रमुख अतिथी पुर्व सभासद नवोदिता चौधरीले कार्यक्रमलाई सम्बोधन गर्दै अबको दिनमा महिलाहरुको नेतृत्व हुनुपर्नेमा जोड दिईन । महिला जहिलै दुरब्यवहार र हिंसामा पर्ने भएकोले सबै महिलाहरु एकजुट भई अगाडी बढनुपर्ने बताईन ।
कार्यक्रममा बिशेष अतिथीमा उपस्थित रामधुनीभासि नगरपालिकाको कार्यकारी अधिकृत प्रमोद चौधरीले जितिया पर्वको शुभकाना दिदै महिलाहरुले आपनो संस्कार संस्कृति संरक्षणकालागी सदैव लागीरहनुपर्ने सुझाव दिनु भयो । कार्यक्रममा आफनो मन्तब्य दिदै उत्थान समाजकी अध्यक्ष सिता चौधरीले महिलाहरुलाई दुरब्यवहार र हिंसा सम्बन्धि सचेत गराएको छ । स्थानिय स्तरबाटै केहि थारु अगुवाहरुले थारुमहिलाहरुलाई बिभेदमा पारेको आरोप लगाउदै बिभेदमै परेर बाध्यात्मक थारु महिला उत्थान समाज गठन गर्नु परेको बताएकि छिन । थारु महिला उतथान समाज सुनसरीमा नयाँ गठनगरी जिल्ला प्रशासन कार्यालयमा दर्ता गरीएको छ ।
अध्यक्ष चौधरीका अनुसार थारुहरुको संगठन धेरै पहिले गठन भएपनि समग्र थारुहरुको कल्याण गर्न नसकेको समेत अरोपलगाउदै अबका दिनमा थारुमहिलाहरुको संस्कार संस्कृतिमा राजनितिकरण र हस्तक्षेपगरे उत्थान समाजले प्रतिकार गर्ने बताईन । तराईवासि महिलाहरुको पर्व जितिया महिलाहरुले धार्मिक आस्थाले स्वतन्त्र रुपमा मनाउनु पर्ने बताउदै उत्थान समाजलाई साथ सहयोकालागी महिलाहरुलाई अध्यक्ष चौधरीले अनुरोध गरेकि छिन ।
उत्थान समाजको जितिया कार्यक्रममा प्रकासपुर, खनार,कुम्यही, भादगाउँ,सिवनगर, सैनिमैनि,सिनुवारी, पिप्राहा, लगायतका गाउँटोलबाट झाँकीमा एकहजार भन्दाबढि सहभागी थिए । दशहजार भन्दा बढि दर्शक करिब आठ घण्टा सम्म सहभागीभई कार्यक्रम सफल रुपमा सम्पन्न भएको कोषाध्यक्ष आशा चौधरीले बताईन ।
कार्यक्रममा समाजसेवि रामराज चौधरी,केशिलाल चौधरी,इलाका प्रहर पकलीका प्रमुख सान्तराम कार्की,रामधुनीभासि नगरपालिकाका सामाजिक बिकास कार्यक्रम संयोजक हर्षलाल चौधरी लगायताका अतिथीहरुको उपस्थित रहेको थियो भने कार्यक्रम सुनिल चौधरीले सञ्चालन गरेको थियो ।