20160915_170856असोज २/ विपद् जोखिम व्यवस्थापनलागी इटहरीमा ५ दिने क्षमताविकास तथा योजना तर्जुमा तालिम सम्पन्न भएको छ ।

बाढी र आगलागीको उच्चजोखिममा रहेको इटहरी उपमहानगरपालिकामा पहिलो पटक नगर स्तरीय विपद् जोखिमव्यवस्थापन समिति गठन गरी ५ दिने क्षमता विकास तथा योजना तर्जुमा तालिम भाद्र ३० गते इटहरीमा सम्पन्न भएको हो ।

यस तालिम पश्चात इटहरी उपमहानगरपालिकाको स्थानीयविपद् जोखिम व्यवस्थापन तथा प्रतिकार्य योजना बन्ने कार्यक्रम बिकास संयोजक प्रकास भट्टले रेडियो रामधुनीलाई बताउनु भयो । उक्त तालिमको समापन कार्यक्रममा सुनसरी जिल्लाका प्रमुख अधिकारी श्री मोहन ब. चापागाईको प्रमुख अथित्यतामा सम्पन्न भएको थियो । समापन कार्यक्रमा बोल्दै चापागाईले नगरपालिकाले विपद्को क्षेत्रमा राम्रो सुरुवात गरेकाले सम्पूर्ण राजनितिकदल लगायत सरोकार वालाहरुले साथ दिनु पर्ने बताउनु भयो । समापन कार्यक्रममा राजनीतिकदल संस्थाका प्रतिनिधिहरु र नगरपालिकाको कर्मचारीहरु गरी ३७ जनाको सहभागिता रहेको थियो ।इटहरी उ.म.न.पा.को आयोजना, वल्र्ड भिजन ईन्टरनेशनल नेपालमोरङ्ग–सुनसरीको सहयोगमा यूथक्रियसन सनु20160915_170145सरीद्वारा सञ्चालित आर्थिक विकास तथा उत्तथान सिल्ता परियोजना मार्फ उक्त तालिम सञ्चालन भएको हो । यस तालिमले विपद् पूर्व र विपद् पश्चातगरिने कार्यहरुको योजनातयार गरि अति जोखिममा परेका समुदायहरुलाई उत्तथानसिल बनाउन सहयोग गर्ने विश्वास कार्यकारी अधिकृत महेश राजतिम्सिनाले बताउनु भयो । सहभागिहरुलाई तथ्याङकहरु संकलनगर्दा वास्तवीकतामा ध्यान दिई राम्र्रो र हाम्रो योजना बनाउन सहयोग गर्न अनुरोध गर्नु भयो ।

कार्यक्रमको व्यवस्थापन गर्नु हुने वल्र्ड भिजनाका कर्मचारीहरुलाई विशेष धन्यवाद व्यक्तगर्नु भयो । सहभागिहरुले विपद् व्यवस्थापनको ज्ञान, सिप र धारणामा परिवर्तन आएको कुरा उल्लेख गदैै योजना बनाउन प्रतिवद्ध रहने उल्लेख समेत गर्नु भयो । उक्त समापन कार्यक्रममा वल्र्ड भिजनका म्यानेजर टंक सुवेदी र पत्रकार एमप्रधान ले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम नगरपालिकाका सामाजिक विकास शाखाप्रमुख ना.सु.प्रोक्षण पोखरेले सञ्चालन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen