झुम्का ,भदौ २७/ रामधुनीभासी २ झुमका स्थित रहेको स्वर्णिम बचत तथा ऋण सहकारी संस्थाको आईतवार सातौ साधारण सभा सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यलय पकलीका पमुख शान्तराम कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
स्वर्णिमका अध्यक्ष सुजित रायको सभापतित्वमा सम्पन्न साधारण सभामा प्रस्तुत प्रतिबेदनमा २०७२÷७३ मा ३ करोड १४ लाख ४१ हजार १ सय १२ रुपैयाको कारोबार भएको उल्लेख रहेको छ । संस्थाले २०७३ असार मसान्त सम्म २ करोड ८४ लाख ७६ हजार निक्षेपगरी ऋण लगानीमा २ करोड ८३ लाख ७८ हजारको कारोबार भएको प्रतिबेदनमा रहेको छ । ५८ लाख १९ हजार ३ सय शेयर पुजि रहेको यस संस्थामा २०७२÷७३ मा ५ लाख ३८ हजार ९ सय ४० रुपैया खुद नाफामा देखाएको छ । सस्थाले २०७३÷७४मा निक्षेप र लगानी कारोवारमा बृदि गर्ने योजना रहेको स्वर्णिमका ब्यवस्थापक महेन्द्र चौधरीले बताउनु भयो । चौधरीका अनुसार कारोवारमा बृदिगरी निक्षेपमा ३ करोड १३ लाख २४ हजार र लगानीमा ३ करोड ५० लाख सम्म पुरयाउने लक्ष्य रहेको बताउनु भयो ।
रेडक्रस झुम्काको शाखा भवनमा सम्पन्न साधारण सभामा असल बचतकर्ता ,असल ऋिणी र रेडियो कर्मिलाई सम्मान गरेको छ । सम्मान हुनेमा रामधुनी एफ. एम.का कार्यकारी स्टेशन मेनेजर सुनिल चौधरीलाई सम्मान गरेको हो । त्यसतै संस्थाका असल बचत कर्तामा ज्ञानेद्र कार्की,बासुकि सुमन झाँ र मोहमद इफताज आलमलाई सम्मान गरेको छ भने असल ऋिणी र बचत दुवै तर्फमा मनिष गोलाल,पुकारी देबि सिंह र धनबहादुर सार्किलाई सम्मान गरेको छ । संस्थाले समयको महत्वलाई बुझ्दै निश्चित समयमा सुरुगरी बृहत शेयर सदस्यहरुको उपस्थितीमा समयमै साधारण सभा सम्पन्न गरेको हो ।
कार्यक्रममा सम्पुर्ण अतिथिहरुलाई दुर्गा फुयालले स्वागत गर्नु भएको थियो भने कार्यक्रममा उद्धघोषण यादव रिजालले गर्नु भएको थियो ।