सुनिल चौधरी
झुम्का,भदौ २७ /तराईवासी महिलाहरुको बिशेष धार्मिक आस्था र निराहारबसि कडारुपमा मनाईने जितिया पर्व सुनसरीको बिभिन्न ठाउँमा मनाउने भएको छ । सुनसरीमा रहेको थारु महिलाहरुको सगठन २०७३ सालको जितिया पर्व सन्तानको दीर्घायु एवं मङ्गलमय कामनाका गर्दै संस्कार संस्कृति संरक्ष तथा अधिकारकामा केन्द्रितगरी भब्यरुपमा मनाउने भएको हो ।

“आबु आबु थारु महिला अगाा ,नै सहबै आब दुरब्यवहार और हिंसा” बिशेष नारा दिई सुनसरीमा नयाँ दर्ता भएको थारु महिला उत्थान समाज रामधुनीभासीले असोज ७ गते बिबिध कार्यक्रमगरी मनाउने संस्थाका अध्यक्ष सिता चौधरीले बताईन । चौधरीका अनुसार महिलाहरुलाई हेप्ने,दुरब्यवहार गर्ने,हिंसा जस्ता अपराधमापार्ने तत्वहरुलाई पराष्त गर्नकालागी महिलाहरु संगठित हुदै यस बर्षको जितियामा थारु महिला अगाडि बढनु पर्ने लगायत महिलामा भईरहेको दुरब्यवहार र हिंसालाई अन्त्यकालागी जनचेतना जगाउदै जितिया पर्व मनाउने निर्णय समेत गरेको जनाएको छ ।

उत्थान समाजले जितियाँ बिशेष सास्कृतिक कार्यक्रम २०७३ कार्यक्रममा बर्तालु महिलाहरुको सामुहिक नृत्य,थारु भेष, भुषा,परिकार,डब्बा टुङ्गिनी सहित झाँकी प्रदर्शन गर्ने ,पौराणिक र आधुनीक गीत तथा नृत्य प्रस्तुती संगै जेष्ठ नागरीक महिलाहरुलाई सम्मान गर्ने जनाएको छ । थारु महिलाहरुको बृहत उपस्थितीमा भेष भुषा सहित झुम्का बजार परिक्रमागरी कार्यक्रम सञ्चालन गर्ने समेत जनाएको छ । कार्यक्रम रामधुनभासी २ जितमहान चौक हनुमान ढोका झुम्का बजार देखि पुर्व नहरको डिलमा बृहत उपस्थितीकासाथ बिहान १० बजे देखि मनाउने जनाएको छ ।

उत्थान समाज २०६९ सालमा गठन भएको हो । यस संस्थालाई जिल्ला प्रशासन कार्यालयमा २०७३ साल भदौमा दार्ता गरी बैधानिक बनाएको छ ।अबका दिनमा यस संस्थाले निति नियम अनुसार संस्कार संस्कृतिलाई संरक्षण गर्दै गाउँ गाउँमा महिलाहरुलाई सिप बिकास,नेतृत्व बिकास, दुरब्यवहार ,हिंसा लगायतका सम्बन्धमा जागरुक गराउदै अगाडी बढने उधेश्य रहेको अध्यक्ष सिता चौधरीले बताईन ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen