IMG_20160910_104211झुम्का भदौ २५/झुम्का ब्याडमिन्टन कल्वद्धारा आयोजित अन्तरसदस्य ब्याडमिन्टन प्रतियोगीताको फाइनलमा रामराज चौधरी र राम कोईरालाको समुहले प्रथम पुरस्कार हाथपार्न सफल भएको छ ।

खेलमा लगातार दुई सेट जितदै दुवैजनाले प्रथम पुरस्कार हाथ पार्न सफल भएको हो । प्रथम सेटमा रामराज्य समुहले २१–१९ र दोस्रो सेटमा २१–१४ अन्तरले कमल काफले र कमल लामिछानेको समुहलाई पराजित गरेको हो । रामराज्य समुहले खेलमा तालमेल मिलाउदै आकर्षक खेलेर प्रथम भएको बधाई दिदै कार्यक्रमका प्रमुख अतिथी मिठुराज अधिकारीले सिल्ड तथा ट्रफि र प्रमाण पत्रले दुवै जनालाई सम्मान गर्नुभयो । कमल समुहले भने दोस्रो पुरस्कारमा चित्त बुझाउनु पर्यो । अजित श्रेष्ठ र प्रेम आचार्य समुहले तेस्रो हुन सफल भयो । तिनओटै समुहलाई यम्पायर भोला वास्तोलाले प्रथम,दोस्रो र तेस्रोहुन सफल भएको घोषणा गरेका थिए । यम्पायरमा बास्तोला लगायत श्रवण चौधरी र शिव शर्मा रहेका थिए भने प्रतियोगीतामा कल्वका सदस्यहरुका १५ समुहले खेलेका थिए ।IMG_20160910_094613
रामधुनीभासि ३ पिप्राहा स्थित नव निर्मित ब्याडमिन्टन कबर्डहलमा सम्मपन्न भएको पुरस्कार बितरण कार्यक्रममा अतिथीहरुले बोल्दै युवाहरुलाई खेलमा बिकास गर्नसके रामधुनीभासिलाई राष्ट्र स्तरमा परिचय गराउन सकिनेमा बिशेष जोड दिनु भयो ।

झुम्का ब्याडमिन्टन कल्वका अध्यक्ष जगननाथ भण्डारीको सभापतित्वमा भएको पुरस्कार बितरण कार्यक्रममा प्रमुख अतिथी मिठुराज अधिकारी लगायत बिशिष्ट अतिथी ईटहरी ब्याडमिन्टन कल्वका अध्यक्ष मणिगुरुङ्ग,ईलाका प्रहरी पकलीका प्रमुख सान्तराम कार्की,कबर्डहल निर्माण समितिका संयोजक नारायण काफले, त्यसैगरी राजन आचार्यले बोलेका थिए ।

त्यसतै पुरस्कार बितरण कार्यक्रमबाटै कबर्ड हलकालागी ईन्भटर दात्ता तरहराका जसबहादुर लिम्बु र ब्याट्रि दात्ता झुम्काका सोबित तिमसिनालाई कदर पत्रले सम्मान गरेको आयोजक समितिले जनाएको छ ।

 IMG_20160910_094623 IMG_20160910_095623 IMG_20160910_095646 IMG_20160910_102023 IMG_20160910_110146IMG_20160910_102038 IMG_20160910_102500 IMG_20160910_102714 IMG_20160910_103552 IMG_20160910_105228IMG_20160910_104150 IMG_20160910_104155

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen