20160331_145350प्रकाशबाबु भट्ट
भदौ १७ /मध्ये पश्चिमको पहाडी जिल्लाजाजरकोटमा वि.सं. २०६६ सालमा झाडापखाला फैलियो र माहामारीको रुपलियो जसको कारणले धेरै मानिसहरुको ज्यानगयो उक्त झाडापखाला विभिन्न राष्ट्रिय पत्रपत्रिकामा प्रमुख समाचार बन्नपुग्यो झाडापखाला फैलिनुका धेरै कारण पनिहोलान् तर सरसफाईको कमीप्रमुख कारण थियो भनि सहजै अनुमान लगाउन सकिन्छ ।

त्यसपछि राज्यको सोचमा परिवर्तन आई सरसफाई अभियानलाई विकासको एउटा महत्वपुर्ण पाटोको रुपमा अघि बढाउन सरसफाई गुरुयोजना २०६८ कार्यान्वयनमा ल्यायो । सामाजिक विकास सुचाङ्क र पूर्वाधार विकासमा केहि माथि भएपनि सरसफाईको अवस्थाले पिरलिरहेको सुनसरी जिल्लाका ६ वटा गाÞविस हरु मधेली,चाँदबेला, एकम्बा, मधेसा, भासी र पकलीमा मैले वल्र्ड भिजन ईन्टरनेशनल नेपालको विकास संयोजक भएर ५ वर्ष कामगर्ने अवसर पाए । त्यस ६ वटा गाविस मध्ये साविका भासी गाविस हाल रामधुनीभासी नगरपालिकाको विभिन्न साझेदार संस्थाहरु र विशेष गरि नगरपालिकासँगको सहकार्यमा सञ्चालित विभिन्न कार्यक्रमहरु मध्ये म यहाँ सरसफाई अभियान सञ्चालन गर्दाका केहि मेरा अनुभूतीहरुलाई प्रस्तुतगर्ने जमर्को गरेको छु ।

सन् २०११ को जुलाई १७ तारिख मैले वल्र्ड भिजन इन्टरनेशनल नेपालसुनसरीक्षेत्र विकास कार्यक्रम सुनसरीमा कार्य शूरु गरे लगतै केहि दिनहरु कार्यक्षेत्रको अध्ययनगर्न बिताए । त्यस बेला सरसफाई अभियानको महत्व र त्यसको सम्पुर्ण प्रक्रिया सम्बन्धमाम पहिले नै केहि जानकार थिए किनकि कास्की जिल्लामा यो अभियानले मूर्त रुप पाइसकेको थियो र म यहाँ आउनु पूर्वनै कास्की जिल्लालाई नेपालको पहिलो खुल्लादिशामुक्त जिल्ला घोषणा अभियानमा सरिक भइसकेको थिए । यति बेला सम्म सुनसरी जिल्लाले सन् २०१५ सम्ममा जिल्लालाई खुल्लादिशामुक्त गर्ने अभियानका साथ विभिन्न साझेदारहरुसँग सहकार्य गरिरहेको थियो यस अभियानको साझेदारहरु मध्ये वल्र्ड भिजन इन्टरनेशनल नेपाल सुनसरी क्षेत्र विकास पनि एक प्रमुख हिस्सा थियो त्यसैले मैले नेपाल सरकारको गूरु योजना र सुनसरी जिल्लाको रणनीतिक योजना अध्यन्न ध्गरे त्यसपछि वल्र्ड भिजनको कार्य क्षेत्रका गाविसहरुलाई खुल्लादिशामुक्त गर्ने अभियानमा स्थानीय निकाय, स्थानीय संघ संस्था विद्यालय, राजनैतिकदल, आमा समुहआदि—आदि सँगको सहकार्यमा विभिन्न तालिम,गोष्ठि, छलफल, प्रचारप्रसार र शौचालय निर्माण अभियान थालियो फलस्वरुप सबैको सहयोगमा गाविसलाई खुल्लादिशामुक्त घोषणा गर्दै जाने क्रममावि.सं. २०७० साल असार महिनामा भासी गाविसलाई भब्य र सव्यका साथ जिल्लाकै दशौ खुल्लादिशा मुक्त गाविस घोषणा गरियो यो घोषणा अभियानमा सहयोग गर्नुहुने सम्पुर्ण सरोकारवालाहरुको भुमिकानिकै महत्वपुर्ण रह्यो । यसलाई म कहिले भुल्न सक्दिन् । करिब ३७०७ घरधुरीमा शौचालय निर्माण गरी खुल्लादिशामुक्त गाविस घोषणा गर्नु पक्कै पनि चुनौतीपुर्ण कार्य थियो जुन समुदायमा आप्mनो स्वामित्वमा जमीन पनि छैन् तर पनि दृढ इच्छा शक्ति भयो र सबै सरोकारवाला तथा सचेत नागरिकले जिम्मेवारी पुर्वक काम गरेमा सम्भव हुँदो रहेछ भन्ने प्रमाणित भयो । यस अभियानमा भोग्नु परेका समस्याहरुः १.अनुगमनमा पर्याप्त ध्यान पुर्याउन नसक्नु २. गाविस सचिवले अपेक्षित भुमिका खेल्न नसक्नु ३. विषयगत कार्यालयले पनि पर्याप्त भुमिका खेल्न नसक्नु ४. विद्यालय सरसफाईको अवस्थाच ुनौतीपुर्ण रह्यो ५. विपन्न समुदायमा शौचालय निर्माण गर्ने स्थानको अभाव छ । ६. सामान्य नागरिक भन्दा कतिपय बुझेकाहरुबाट पनि अभियानमा समस्या झेल्नु पर्यो । ७. कतीपय अवस्थामा त यो काम वल्र्ड भिजनको हो भनियो तर पनि अभियान सफल पार्नका लागिनिकै प्रयासहरु गरिए १. नियमित गाविस स्तरिय सरसफाई तथा स्वच्छता समन्वय समितीको बैठक बसियो २. नागरिक समाज र सञ्चारकर्मीहरुबाट निगररानी खबरदारी गरियो । ३. सामाजिक सुरक्षा भत्ता वितरण, बाल संरक्षण भत्ता वितरणमा यस अभियानलाई जोडियो ४.वडा स्तरिया समितीहरु गठनमा जोड दियो ५. दैनिक अनुगमनमा जोड दियो ६. गरिब घर र सीमान्तकृत घरपरिवार पहिचानगरि शौचालय निर्माण सामग्रीहरुको सहयोग गरियो । यसरी सरसफाई अभियानको सफलताले भासी गाविसलाई जिल्लाको दशौ खुल्लादिशा मुक्त गविस बनाउन सफल भइयो ।

खुल्लादिशा मुक्त गाविस घोषणा पश्चात यस अभियानलाई पुर्ण विरामलगाएको जस्तै भयो यसको केहि समय त सबैले निरन्तरता नै दिए तर यसको निरन्तर अनुगमन नहुनाले फेरि गरिब तथा सीमान्तकृत समुदाय पुरानै अवस्थामा फर्किन थालिसकेको थियो भएका शौचालयहरु प्नि प्रयोगमा नआएको अवस्था रह्यो यसै अवस्थामा भासी र सिँगिया गाविसलाई जोडि नेपाल सरकारबाट २०७१ साल मंसिर १६ गतेमा रामधुनीभासी नगरपालिका घोेषणा भयो भत्कीएका घरायसी शौचालय पूनःबनाउनु पर्ने, संस्थागत शौचालयहरु बनाउनुपर्ने, व्यक्तिको सरसफाईको आनीबानीमा परिवर्तन ल्याउनुपर्ने बालबलिकाहरुलाई चर्पी प्रयोग गर्न र साबुनपानीले हातधुने बानी बसाल्नुपर्ने, बजार क्षेत्रको फोहोर व्यवस्थापन गर्नुपर्ने काम बाँकि नै थिए ।

यो अवस्थालाई विचार गरी वि.सं. २०७१ चैत्रमा सरोकारवालाहरुसँग स्थानीय साझेदार युथक्रियशन सुनसरीको सहकार्य र वल्र्ड भिजनको सहजीकरणमा कार्याशालाको आयोजनागरियो । यो कार्याशालामा माथिका विषय माथि बृहत छलफल गरि एउटा निचोडमा पुगियो पुर्ण सरसफाई वातावरण मैत्री योजनालागु गर्ने यस निर्णयलाई मुर्त रुप दिनविभिन्न चरणमा सरोकारवालाहरुको बैठक, तालिम, कार्याशाला र नेपाल सरकारको विभिन्न निती र निर्देशिकाको आधारमा रणनीतिक योजनातयार पारि २०७२ सालअसोज १३ गते पूर्ण सरसफाई वातावरण मैत्री योजनाको सार्वजनिकीकरण गरियो । यो योजना सुनसरी जिल्लाकै पहिलो योजना बन्न पुगेको छ यस्तो कार्यमा पनि खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सुनसरीको भने चासो देखिएको पाइएन् ।

सुनसरी जिल्लाकै पहिलो पूर्ण सरसफाई वातावरण मैत्रीनगर बनाउने अठोटका साथ कार्यक्रमहरु युथक्रियशन सुनसरीको सहकार्य, नगरपालिकाको व्यवस्थापन र वल्र्ड भिजनको सहजीकरणमा अघि बढि रहेको छ यस अभियानलाई नगरपालिकाको आ.ब. २०७३÷७४ को बजेटमा नै व्यवस्थागरि नगर स्तरिय सरोकारवालाहरुको सहकार्य र जिविस सुनसरीको सरसल्लाहमा अभियानलाई तीव्रतादिँदै नगरको ३ वटा टोल विकास संस्थाहरु क्तमश जनजागृती टोल विकास वडा नं. ३, एकता टोल विकास संस्था वडा नं. १ र भानु नगर टोल विकास संस्था वडा नं. ५ लाई पूर्ण सरसफाई वातावरण मैत्री टोल घोषणा गरि सकिएको छ । क्रमिक रुपमा अन्य टोल विकास संस्थाहरुमा पनि अभियानलाई तीव्रतादिई रहेको छ । यस अभियानलाई सफलपार्न नगरवासीहरु सकारात्मक प्रतिस्पर्धा गरि अगाडि बढि रहेका छन् भने संचार कर्मीहरुको प्रयास पनिउक्तिकै सराहनीय बन्दै गइरहेको छ । त्यसैले समयमा नै नगरपालिकाले लिएको लक्ष्य पुरा हुने विश्वास मैले लिएको छु ।

यस अभियानबाट मेरा केहि सिकाईहरु पनि छन् जसमा यो अभियान प्रत्येक नागरिकको घर सम्म पनि पुग्नुपर्ने भएकाले एक व्यक्तिवा संस्थाको एक्लो प्रयासले मात्र सफलतामा पु¥याउन असम्भव हुन्छ । राम्रो र हाम्रो योजना, स्रोत व्यवस्थापन, विभिन्न सरोकारवाला बीच उचित समन्वय, समुदाय परिचालन, अनुगमनको र विषयगत कार्यालयहरुको उचित तालमेल हुनु अत्यन्तआवश्यक ठान्दछु । यस अभियानमा संलग्न व्यक्ति एवम संस्थाहरुको उचित मुल्याङकन गर्दै प्रसंसा पुरस्कारको व्यवस्थागर्नु जरुरी हुँदो रहेछ । गरिब तथा सीमान्तकृत समुदायमा सानो सहयोग गर्न सकेमा ठुलो परिवर्तन हुँदो रहेछ । सरसफाई सभ्यता र प्रतिष्ठाको कुरा भएकाले सार्वजनिक स्थलबजार क्षेत्र र संघ संस्थाका कार्यालयहरुमा सरसफाई र शौचालयव् यवस्थापनमा विशेष जोड दिनुपर्ने रहेछ । शौचालय निर्माण गर्नु मात्रनभई त्यसको प्रयोग र प्रत्येक व्यक्तिको आनीबानीमा परिवर्तन हुनु महत्वपुर्ण विषयहो । दातृ निकायले त सहयोग र सहजीकरण मात्रगर्ने हुनकाम त समुदायका अगुवाहरुले नै नेतृत्व लिनुपर्ने हुन्छ । राजनितिक दलहरुको प्रतिबद्धता र स्थानीयनिकायको नेतृत्व भएनभने अभियानलाई सफलपार्न नसक्ने कुरा ठोकुवाको साथ भन्दछु ।

सरसफाई अभियानको अन्तिम लक्ष्य भनेको पुर्ण सरसफाई वातावरण मैत्री कायम गरि सरुवा रोग तथा माहामारीको कारणबाट हुने मृत्युदरमा कमील्याउनु हो तसर्थ यो मानिसको जीवन सँग गाँसिएको विषयहो । यो अभियानबाट हामीले हाम्रै दिर्घ जीवनकै लागि योगदानगरिरहेका छौ भन्ने कुरा हामी सबैले बुभ्mनु जरुरी छ । त्यसैले रामधुनीभासीका सम्पुर्ण राजनितिकदल राष्ट्र सेवकहरु, नागरिक समाज, संघसंस्थाहरु र प्रत्येक नगरबासीहरु हातेमालो गर्दै नगरपालिकाले लिएको लक्ष्य पुर्ण सरसफाई वातावरण मैत्रीनगर घोषणा अभियानलाई सफलपारि सभ्य र सफानगर बनाउनका लागि माथि उल्लेखित बाकि कामहरु सम्पन्नगर्न आजै बाट जुट्नुको विकल्प छैन । त्यसैले सन् २०१७ सम्मको अन्त्य सम्ममानगर पुर्ण सरसफाई वातावरण मैत्रीनगर बन्न सकोस मेरो ह्ृदयदेखि नै शुभकामना ।
लेखक ः वल्र्डभिजन ईन्टरनेशनल नेपालको विकास संयोजक
इमेलःprakashbabu122@gmail.com
स्रोत ः बलाष्ट राष्ट्रिय दैनिक

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen