झुम्का,भदौ १६/ सिप बिकास र स्वरोजगारकालागी समुदाय र सरोकारवाला निकायहरु संग बुधवार परामर्श तथा छलफल भएको छ । युथ क्रिएशन सुनसरी र वल्र्डभिजन ईन्टरनेशनल नेपाल मोरंग सुनसरी क्षेत्र बिकासको सहयोगमा युवाहरुमा उधमशिल्ताकालागी रामधुनीभासिमा छलफल भएको हो ।छलफलमा समुदाय तथा सरोकारवालाहरुले युवाहरुलाई सिप र तालिमले मात्रै उधमशिल्ता बन्न नसक्ने बताएका छन् । यसकालागी तालिम संग संगै उधमशिल्ता बन्न उनीहरुमा प्रेरीत गर्ने खालका जनचेतनाहरु आवश्यक रहेको बताउनु भयो । यसै सन्दर्भमा गैरसरकारी संसथा युथ क्रिएशनले गरेका कृयाकलापहरु सराहनिय रहेको बताउदै गुणस्तरीय सिपकालागी थप सहयोग स्थानिय निकायले पनि बेहोर्नु पर्ने दक्षशिप प्रशिक्षण केन्द्र ईटहरीका केन्द्र प्रमुख सुमन शाहले सुझाव दिनु भयो ।
त्यसैगरी उपस्थित कृषकहरुले वास्तविक किसानलाई पहिचानगरी सरकारी तथा गैरसरकारी संस्थाहरुले उचित सहयोग गर्नु पर्ने बताएको छ । राज्यको निति र फितलो कार्यन्ब्यनका कारण दिनप्रतिदिन कृषक मारमा पर्दै गएकाले स्थानिय निकायका कर्मचारीहरुलाई अगुवा कृषकहरुले गुनासो गर्नु भयो ।
छलफलमा चाँदबेला गाबिसका सचिव गोपाल खतिवडा,रामधुनीभासि नगरपालिकाका योजना प्रमुख हर्षलाल चौधरी,जिल्ला कृषि बिकासका नन्द किशोर शाह,जिल्ला पशुसेवा कार्यलयका राजेन्द्र प्रसाद चौधरी,वल्र्डभिजनका पंकज शाह, किरण कार्की लगायतका सरोकारवालाहरुको उपस्थती रहेको थियो ।
युथ क्रिएशन सुनसरी र वल्र्डभिजन ईन्टरनेशनल नेपाल मोरंग सुनसरी क्षेत्र बिकासले सुनसरीको ६ वटा गाबिसमा सिप बिकास र स्वरोजगारकालागी कार्यगर्दै आएको छ ।