IMG_20160829_133916झुम्का,भदौ १३/आदिवासि आयोग,थारु आयोगको नाममा राज्यले प्रतिष्ठानलाई बन्द गराउन खोजेको भन्दै राज्यलाई त्यसो नगर्न नेपाल आदिवासि जनजाति महाँ संघ जिल्ला अध्यक्ष खम्बु सिंघ गुरुङ्गले खवरदारी गर्दै चेतावनी दिनु भएको छ । महाँ संघ नगर समन्ब्य समिति रामधुनीभासिको आयोजनामा आज सोमवार देखि झुम्कामा मिनि रमाईलो मेला समुद्धघाटन गर्दै राज्यले प्रतिष्ठानलाई बन्द गराउन खोजे आदिवासिहरुको आधिबेरी आउन सक्ने समेत चेतावनी दिएको होे । 

नयाँ संविधानको भाग २७ धारा २५२ देखि २६४ सम्म ’अन्य आयोगहरू’ गठन हुने उल्लेख छ । त्यसैअनुसार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ को खारेजी प्रक्रिया अघि बढाइएकोले खवरदारी गर्नु भएको हो । IMG_20160829_145043वहाँले आदिवासि जनजातिको हक हितकालागी जुनसुकै पार्टिमा लागेका जनजातिहरु परेकोबेलामा एक हुनु पर्ने सन्देश दिनु भयो ।

मिनिमेलाले महत्व बोकेको भन्दै यसले पर्यटन नगरकालागी भुमिका खेल्ने थारु कल्याणकारीणी सभा केन्द्रिय सदस्य दिपनारायण चौधरीले बताउनु भयो । मेलामा जनजातिहरुको साँस्कृतिक पहिचानका नृत्य तथा परिकारहरुको प्रदर्सनिले पहिचान संस्कार, संस्कृती प्रचार प्रसार हुने धारण राख्नु भयो ।

त्यसतै महाँ संघ जिल्ला उपाध्यक्ष तेजनारायण चौधरीले जतिपटक नेपालमा संबिधान बनाए त्यती पटक आदिवासि जनजातीहरुलाई बिभेदमा पारेको बताउन भयो । नयाँ संबिधानमा पाँच ओटा जातिलाई मात्र संबैधानिक बनाएको अरु एकसय वटा जातिलाई असंबैधानि बनाएको भन्दै यसले बिभेद निमत्याएको बताउनु भयो । जाल झेलले नेपाल पछाडी परेको समेत उपाध्यक्ष चौधरीले खुलासा गरेको छ । कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीका अनुसार आदिवासिलाई सहभागी नगराई जाल झेलले बनाएको ऐन, नियम, कानुनले नेपाल पछाडी परेको आरोप लगाउदै अहिलेको संबिधानलाई शंसोधनगरी नेपाललाई बिकासकालागी अगाडी बढाउनु पर्ने बताउनु भयोे ।

त्यसैगरी रामधुनीभासि नगरपालिकाका योजना प्रमुख हर्षलला चौधरीले आदिवासिहरुको बाहुल्य नगर रामधुनीभासिलाई पर्यटकिय नगर बनाई बिकासकालागी नगरवासिमा अनुरोध गर्नु भएको छ । कार्यक्रममा बोल्दै उहाँले भगवान रामको एैतिहासित्ता बताउदै यस पावन भुमिमा पर्यटकीय क्षेत्र बनाउन बिभिन्न आधारहरु रहेको जानकारी गराउदै मिनिरमाईलो मेलाबाट प्रचार प्रसार हुने धारणा ब्यक्त गर्नु भयो ।

IMG_20160829_141525त्यसतै एक महिना सम्म लाग्ने मिनि रमाईलो मेलाबाट उठेको रकम आदिवासि जनजातीहरुको भवन निर्माणमा खर्च गरिने नगर अध्यक्ष राजकुमार चौधरीले बताउनु भयो । मेलाका आकर्षणहरुको खेलहरुमा भने झुला रेश, दुईपोल सरकस, ब्रेक डान्स, नाउ रेश, सिक्स रेश, धिर्नि रेश, ऐ वन रेश, डटपेन रेश, पिंग रेश, ड्रागन रेशका साथै प्रत्येक दिन सांस्कृतिक कार्यक्रममा राष्ट्रिय र स्थानिय कालाकारहरुको बेजोड प्रस्तुती रहने जनाएको छ । प्रत्येक दिन मेला प्रवेशमा निशुल्क गरिएको छ ।

समुद्धघाटन कार्यक्रम स्थलमा नेवार समुदायबाट लाखेनाच,राई समुदायबाट चण्डी नाच,उरावले सिठिनाच र थारुहरुले धुम्रानाच एकै साथ प्रदर्शनि गरेका थिए । कार्यक्रममा महाँ संघका जिल्ला कोषाध्यक्ष सोमनाथ श्रेष्ठ,थाकस जिल्ला सह सचिव सुरेनद्र चौधरी,नेपालि काग्रेशका नगर अध्यक्ष सुदिप अधिकारी,महिला सञ्जाल नगर अध्यक्ष राधिका भटराईले बोलेका थिए । सम्पुर्ण अतिथीहरुलाई केदार श्रेष्ठले स्वागत गर्नु भएको थियो भने उद्धघोषण राजकिशोर चौधरीले गर्नु भयो ।

IMG_20160829_142652IMG_20160829_144317IMG_20160829_133936IMG_20160829_135900IMG_20160829_134007

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen