झुम्का,भदौ १२ /आदिम काल देखिनै नेपालको तराई थरुहट भुमिमा खन जोत गरी जिवन निर्वाह गर्दै आएकोले भुमि पुत्रको पहिचान बनाएका आदिवासी थारु समुदाय खेती रोपाई संगै आज आईतबार रैब पर्ब मनाउदै छ ।
धार्मिक अनुसार बाल बच्चालाई सुस्वथ्यको कामना गर्नुको साथै रैब पर्वमा थारुसमुदायहरुले प्रकृतीलाई पुजा गर्ने भएकोले समयमा पानि परोस,बालिनालिमा रोग नलागोस र बढी उत्पादन होस भनेर आज रैब पर्व मनाएको हो ।
रैब पर्वमा दुध,दही लिनेहरुको सुनसरीको झुम्कामा एकाबिहानै भिड देखिन्थियो भने दहि बेच्नेले भिडमा दुई दिन अगाडीनै अर्डर गरीएकाहरुलाई नाम बोलाएर दहि बेचेका थिए ।
यस पर्वमा नुन र तेल बाहेक दहि,दुध,च्युरा,चिनि,जेरी, खिर लगायत फलफुल खाएर मनाउने गरीन्छ । रैब पर्वको दिन गुलियो खानेकुरा बाहेक नुन वा तेल खायो भने पर्वनै भंग हुने धार्मिक बिश्वास र पौराणीक माान्यता रहिआएको छ ।
बिषेश खेति पाती रोपाई सकेपछि मनाउने यस पर्व खेती रोपाईको क्रम्मा कृषले नुन र तेल बढी खाने गरेको हुदा प्रेसर बढने भएकोले एक दिन नुन र तेल नखाई गुलियो खानेकु खादा प्रेसर ब्यलेनसमा आउने भएको यसपर्वको सुरुवात भएको ग्राम थानका अगुवाहरुले बताउछन ।
रोपाईको क्रम्मा शारिरीक परिश्रम बढी गर्नु पर्दा त्यसको भरनपोसनकालागी दहि,दुध खादा शरिर बलियो हुने र फेरी खेतीको काममा जुटन सक्ने भएकोले पनि यस पर्वको महत्व रहेको छ ।