झुम्का,१० भदौ / रामधुनीभासिलाई बालमैत्रि नगर बनाउनकालागी बुधवार देख ४ दिने कार्याशाला गोष्ठि शुरु भएको छ । बालमैत्रि स्थनिय शासन रामधुनीभासि नगर समितिको आयोजनामा ईनरुवामा भदौ ८ गते देखि ११ गते सम्म चल्ने नगरपालिकाका सामाजि बिकास कार्यक्रम शाखा प्रमुख हर्षलाल चौधरीले बताउनु भयो ।
४ दिने गोष्ठिले रामधुनीभासि नगरलाई एक निश्चित समय भित्र बालमैत्रि नगर घोषणा तय गरिने जनाएको छ । सहजीकरण बिराट नगरका तारा नाथ निरौलाले गर्दै हुनुहुन्छ । समितिका अध्यक्ष राजकुमार चौधरीको सभापतित्वमा एक कार्यक्रमगरी बुधबारबाट सुरु भएको कार्यक्रममा तालिम उद्धघाटनका दिन राजनितिकदलका तर्फबाट केशिलाल चौधरी र निबर्तमान अध्यक्ष भासिका शंकरलाल चौधरीले बालबालिका संरक्षणको बारेमा बोल्नु भयो । गोष्ठिमा रामधुनीभासिका सामाजिक परिचालिका,नागरीक सचेतना केन्द्र,नागरीक वडा मञ्च,बिषय गत समिति बाल सञ्जालका प्रतिनिधि,सामुदायीक बिध्यालयका शिक्षक,आदिवासि जनजातिका प्रतिनिधि,राजनितिज्ञका प्रतिनिधि लगायत स्थानिय सम्बन्धित सरोकारवालाहरुगरी ४० जनाको सहभागी रहेको छ । सहयोग वल्र्ड भिजन ईन्टर नेशनल नेपाल र संकल्प सिबिआर सुनसरीको रहेको छ ।