मोरङ, भाद्र ५ /मोरङको इटहरा-३ स्थीत भित्री सडक खण्डमा शनिबार बा ५ च ९६०९ नम्बरको सेन्ट्रोकार अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित एकै परिवारका ६ जना घाइते भएका छन्।
घाइते हुनेमा कार चालक मोरङ कोशीहरैचा-१ का गोपाल खतीवडा, संगीता खतीवडा, सन्जु खतीवडा, उमा खतीवडा, स्वरुप खतीवडा र निर्मला खतीवडा रहेका छन्।
घाइते सबैको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ।