सप्तरी, भाद्र ५/सप्तरी प्रहरीले चोरीको दुई वटा मोटरसाइकलसहित चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मलेकपुर-५ का दिपक कुमार यादव, बेल्हीचपेना-३ का मोहमद आलम, जमुनीमध्येपुरा-१ का मिथिलेस यादव र सोही ठाउँका अजय मण्डल रहेका छन्।
जिल्लाको दुई स्थान मलेकपुर- ३ र राजविराज नगरापालिका ७ बाट एकै दिन शुक्रबार दुई वटा मोटरसाइकल हराएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले मातहत सबै प्रहरी ईकाईहरुलाई अर्लट गराई शंकित स्थानमा खोजतलाश तिव्र बनाएपछि चोरीको मोटरसाइकलसहित उनीहरु पक्राउ परेका हुन्।
प्रहरीले दिपक र मोहमदलाई मलेकपुर-३ बाट शुक्रबार साँझ स ४ प ६२९१ नम्बरको डिस्कभर मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा सोही राती बम्ह्रपुरा-८ बाट पक्राउ गरेको हो।
त्यैगरी अन्य दुई जना शनिबार विहान जमुनीमध्येपुरा-८ बाट पक्राउ परेका हुन। उनीहरुको साथबाट राजविराज बजारबाट बाट हराएको स२ प ७१९ नम्बरको ग्लाडिएटर मोटरसाइकल बरामद भएको छ।