विराटनगर, भाद्र ४ /पूर्व क्षेत्र अन्तर्गत विभिन्न जिल्लाहरुमा शुक्रबार भएको सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन्।
मोरङः मोरङको मधुमल्ला-३ तोरीबारी स्थित भित्रि सडक खण्डमा को २३ प ६५४७ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक पथरी-शनिश्चरे-८ की सरीता राई घाइते भएकी छिन्। घाइते राईको साझा अस्पताल मधुमल्लामा उपचार भईरहेको इलाका प्रहरी कार्यालय मधुमल्लाले जनाइएको छ। त्यसैगरी मोरङको हमरदह-३ मा को १ ख ३०१३नम्बरको स्कुल बसले को १३ प १९३० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाईकल चालक मोरङ हसन्दह-५ बस्ने बिनोद अमात र पछाडी सवार सोही ठाउँका बिरेन्द्र साह घाइते भएका छन्। घाइते दुवैको मोरङ सहकारी अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने ठक्कर दिने बसका चालकलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ।
सुनसरीः सुनसरीको ईटहरी-१२ स्थीत खनार चौकमा विराटनगरबाट ईटहरीतर्फ जादै गरेको को १७ प २४९५ नम्बरको मोरटसाइकलको ठक्करबाट नामथर नखुलेकी अन्दाजी ५५ बर्षिया महिला घाइते भएकी छिन्। घाइते महिलाको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने ठक्कर दिने मोटरसाइकलका चालकलाई प्रहरी चौकी खनारले नियन्त्रणमा लिएको छ।
सप्तरीः सप्तरीको भारदह-१ मा पूर्वबाट पश्चिमतर्फ जादै गरेको स ३ प २३०५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्री सोही ठाउँका अभिमनु रामी घाइते भएका छन्। घाइतेलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ भने मोटरसाइकल चालकलाई इलाका प्रहरी कार्यालय भारदहले नियन्त्रमा लिएको छ।