nidhiकाठमाडौं ३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विशेष दूतका रूपमा दिल्ली पुगेका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले आजदेखि उच्चस्तरीय भेटघाट थाल्दैछन् । नीधि हिजो साँझ बिहीबार नयाादिल्ली पुगेका छन् । निधिले आज शुक्रबार सााझ भारतका राष्ट्रपति प्रणव मुखर्जी र भोलि शनिबार बिहान प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम छ ।

जेट एयरको उडानबाट सााझ ६ बजे दिल्ली पुगेका उपप्रधानमन्त्री निधिलाई भारतीय विदेश मन्त्रालयको उत्तरी डिभिजन (नेपाल र भुटान मामिला) प्रमुख सुधाकर दलेलाले सरकारका तर्फबाट स्वागत गरे ।

निधिलाई स्वागत गर्न इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि भारतीय राजदूत रणजित राय, नेपाली कार्यबाहक राजदूत कृष्णप्रसाद ढकाल, कांग्रेस युवा नेता बालकृष्ण पाण्डे पनि पुगेका थिए । उपप्रधानमन्त्री निधि साँझ ८ बजे बारखम्बा रोडस्थित नेपाली दूतावासमा आयोजित रात्रिभोजमा सहभागी भए ।

मुखर्जीसँग भेटवार्ता
उपप्रधानमन्त्री विमलेन्द्र निधिले आज शुक्रबारबाट उच्चस्तरीय भेटवार्ता गर्दै छन् । आज शुक्रबार सााझ ६ बजे राष्ट्रपति प्रणव मुखर्जीसाग राष्ट्रपति भवनमा भेटवार्ता गर्ने तय भएको नेपाली दूतावासले जनाएको छ । भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणा हस्तान्तरणसहित दुई देशको सम्बन्धबारे छलफल हुनेछ ।

संविधान जारी भएको दिन ३ असोजमा आयोजना गरिने विशेष कार्यक्रमको प्रमुख अतिथिका रूपमा मुखर्जीलाई निमन्त्रणा गर्न लागिएको स्रोतले बताएको छ । उपप्रधानमन्त्री निधिले भारतीय गृहमन्त्री राजनाथ सिंहसाग शुक्रबार १ देखि ३ बजेसम्म भेटवार्ता गर्ने तय भएको छ । भेटमा नेपाल–भारत सुरक्षा मामिलाका विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री मोदीलाई शनिबार
भेट्ने उपप्रधानमन्त्री निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सेभेन रेसकोर्सरोडस्थित प्रधानमन्त्रीनिवासमा शनिबार बिहान ११ बजे भेट्ने तय भएको छ । निधिले संविधान संशोधन गर्न भइरहेको प्रयास तथा संविधान कार्यान्वयनमा भारतको सहयोगबारे मोदीसाग कुराकानी गर्नेछन् ।

‘संविधानसाग जोडिएको असन्तुष्टि सम्बोधन गर्ने सरकारको पहिलो प्राथमिकता हो,’ निधिले भने, ‘हामीले यसलाई राष्ट्रिय एजेन्डा बनाएका छौा । संविधान कार्यान्वयनका सन्दर्भमा भारतको सद्भावका लागि म कुराकानी गर्छुु ।’ निधिले विदेशमन्त्री सुष्मा स्वराजसाग शुक्रबार पौने तीन बजे भेट्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen