सप्तरी,भदौ २ /सप्तरी जिल्लामा प्रहरीले आजबाट अवैध मदिरा नियन्त्रण अभियान शुरु गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले आफ्नो मातहतमा रहके ४८ वटा प्रहरी ईकाईहरुलाई ईजाजत नलिई मदिरा विक्रि वितरण गर्ने, उत्पादन गर्ने तथा ओसार पसारमा संलग्न सबैलाई सबैलाई कानूनी दायरामा ल्याउन निर्देशन दिएको छ।
मदिरा सेवनका कारण नै सवारी दुर्घटना तथा समाजमा घरेलु हिंसा बढेको र गाउँघरमा हुने झै-झगडाका मुख्य कारण नै मदिरा सेवन रहेको निष्कर्ष निकाल्दै जिल्ला प्रहरी कार्यालयले भाद्र १ गतेबाट १५ दिनसम्म सो अभियान संचालन गर्न मातहतलाई परिपत्र गरेको हो ।