झुम्का,भदौ २ /प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ । झुम्काबजारमा फलफुल रक्षाबन्धन लिनेको बिहानै देखि चहल पहल बढेको छ । बिशेष बजारमा फलफुल, लडु, रक्षाबन्धन किनमेलमा ब्यसत देखिएको हो ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जस्ले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ ।त्यसैगरी नेवारी समुदायले भने श्रावण शुक्ल पूर्णिमालाई गुँपुन्ही भनी मनाउने गर्दछन् । विशेषगरी क्वाँटी खाने परम्परा नेवारी समुदायको यसै पर्वबाट आएको हो भन्ने तर्क पनि एकथरि संस्कृतिविद्को छ ।
आजका दिन नेवारी समुदायका मानिसले घण्टाकर्ण राक्षसलाई समाप्त पार्न योगदान गरी मानवीयतालाई बचाउन सहयोग गरेको विश्वासमा भ्यागुतालाई पूजा गर्छन् । नेवारीहरुले लाखे नाच पनि आजै देखि सुरु गरिने गर्छ नेवा देव देबु रामधुनीभासि नगर समिति झुम्का सुनसरीले झुम्केश्वर मन्दिरबाट एक कार्यक्रमगरी लाखे नाच सुरु गर्ने जनाएको छ ।