झापा, साउन २९ /झापा र मोरङ जिल्लामा शुक्रबार साँझ भएको छुट्टा छुट्टै सवारी दुर्घटनाबाट दुई जना घाइते भएका छन् ।

झापाको तोपगाछी- ७ शहीदगेटमा पूर्वबाट जादै गरेको स. १ त ३१५२ नम्बरको ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिंदा को १८ प ३३२० नम्बरको मोटरसाइकलका चालक मोरङ विराटनगर १० बस्ने सोम बुद्ध भट्टचार्य घाइते भएका छन् ।

घाइते चालकको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ भने ट्याक्टर इलाका प्रहरी कारयालय दमकको नियन्त्रणमा छ ।

त्यसैगरी मोरङको पथरी-शनिश्चरे-२ जयचौकमा को १ ख ४८५७ नम्बरको बसबाट ओर्लनेक्रममा लडेर पथरी-शनिश्चरे-१ की शान्ता राई घाइते भएकी छिन् ।

घाइते राईलाई पथरी अस्पताल लगिएकोमा उपचार हुन नसकेपछि थप उपचारकालागि विराटनगर ल्याइएको छ।

बसका चालक इलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा रहेको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen