सप्तरी, साउन २८ /प्रहरीले सप्तरीको दुई स्थानबाट आज पाँच किलो लागूऔषध गाँजा बरामद गरेको छ।
बोरिया-७ स्थित पर्शुराम दासको चिया पसल तथा राजविराज ७ स्थित ज्ञानेन्द्र चौधरीको घरबाट सो परिमाणको गाँजा बरामद भएको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीले गोप्य सुचना आधारमा ती स्थानहरुमा आज विहान छापा मार्दा दासको पसलबाट दुई किलो तथा चौधरीको घरबाट तीन किलो गाँजा लुकाई राखेको अवस्थामा फेला परेको थियो।
प्रहरी टोलीलाई देख्नासाथ दास र चौधरी दुबै जना फरार भएकाले उनीहरुका पत्नीलाई अनुसन्धानकालागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।