wid2016_ratna-shrestha-800x500_c

काठमाडौंं २६ साउन/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वर्षदेखि  नै नेपालमा विश्व आदिवासी दिवस राज्यको तर्फबाट आयोजना गरिने घोषणा गरेका छन् ।

उनले भने, “संयुक्त राष्ट्र संघले आह्वान गरेको विश्व आदिवासी दिवस सरकारले नमनाउने कुरा हुँदैन । म प्रधानमन्त्रीको हैसियतले यो प्रतिवद्धता गर्दछु कि आगामी वर्षदेखि महासंघसंगको सहकार्यमा सरकारले नै विश्व आदिवासी दिवस मनाउँछ ।”

प्रधानमन्त्री प्रचण्डले  नेपाल आदिवासी जनजाति महासंघको मूल समारोह समितिद्वारा आयोजित एक समारोहलाई सम्बोधन गर्ने क्रममा अबदेखि विश्व आदिवासी दिवसलाई राज्यको तर्फबाट पनि मनाइने घोषणा गरेका हुन् ।

हालसम्म नेपालमा नेपाल आदिवासी जनजाति महासंघलगायत विभिन्न जाति र समुदायका संंघसंस्थाहरुले मनाउँदै आएका छन् । नेपालको राज्य र सरकार यस मामिलामा असंलग्न रहँदै अाएका थिए ।

अगस्ट ९ का दिन नेपाललगायत विश्वभरि नै विश्व आदिवासी दिवस मनाइने गरिन्छ । यस वर्ष शिक्षाको अधिकारमाथि जोड दिँदै दिवस मनाउने क्रममा देशभरि नै सभासम्मेलन र जुलुस प्रदर्शन भइरहेका छन् ।

उनले संविधानमा चाँडै संशोधन र परिमार्जन हुने पनि बताए । उनले भने, “मधेसी आदिवासी थारुको समस्या सम्बोधन गरिने छ भनेर प्रधानमन्त्री भएको छु । म तपाइँहरुलाई विश्वास दिलाउँछु यो संविधानलाई संशोधन र परिमार्जन गरेर अधिकतम सर्वस्वीकार्य बनाउने र संविधान कार्यान्वयनको दिशातिर गति दिने यो सरकार अगाडि बढ्ने छ ।”

“नेपाल संवेदनशील अवस्थामा अगाडि बढेको छ । नेपाल बहु भाषिक, बहु जातीय, बहु धार्मिक र बहुसाँस्कृति देश हो सबै जातजाति भाषाभाषी सबैले आफ्नो पहिचान संविधानमा र राज्यमा समाहित छ भन्ने विश्वास नगरेसम्म आन्तरिक राष्ट्रिय एकता सुदुढ हुनसक्दैन,” उनले स्पष्ट पारे ।

“यो संविधानमा सबैले आफ्नो छायाँ देख्न सकुन् र आफुले अपनत्व पाउन सकुन् भन्ने दिशातिर मेरो इमानदार प्रयास हुने छ,” उनले विश्वास दिलाए ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यो संविधानमा धेरै राम्रा कुराहरु भएकोले यसलाई संरक्षण र संस्थागत गर्नमा जोड दिए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen