रामधुनीभासि, २२ साउन÷ रामधुनीभासिलाई २०१७ सम्मा पुर्ण सरसफाई वातावरण मैत्री नगर घोषणाकालागी २०७२ ÷०७३ मा भए गरेको कार्यहरुबारे सुक्रवार बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । नगरलाई सरसफाई वातावरण मैत्री घोषणाकालागी १० महिना अघि लागु गरीएको रणनितिक योजना अनुसार सम्पन्न कार्यक्रम,देखा परेका समस्या र आगामी योजनाको सुझाव लिदै बार्षिक समिक्षा सम्पन्न भएको हो ।
नगरपालिकाको सभाहलमा भएको बार्षिक समिक्षामा सरसफाई संयोजक रबिन ठाकुरले सरसफाई सम्बन्धि बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको छ । बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ठाकुरले नगरमा तिन ओटा टोल बिकास पुर्ण सरसफाई वातावरण मैत्री टोल बिकास घोषणा भई सकेको लगायतका प्रमुख कृयाकलाप तथा उपलब्धिको बारेमा बताउनु भयो ।त्यसैगरी बिपन्नता,जग्गाको कमि,अब्यवस्थित कुखुरापालन,बंगुरपालन,बाटो घाटोको सिमांकन नहुनु,खानेपानिको अभाव सक्षम बर्गलेनै समयमा सुचक पुरा नगर्नु मुख्य समस्याहरुको बारेमा बताउनु भएको छ ।
त्यसतै वल्र्ड भिजन ईन्टरनेशनल नेपालका कार्यक्रम बिकास संयोजक प्रकाश भट्टले सरसफाईमा ब्यत्तिमा हुनुपर्ने जिम्मेवारी र संबिधानमा उल्लेख भएको सरसफाई सम्बन्धि हकको बारेमा प्रष्टयाउनु भयो । वल्र्ड भिजनको सहयोगमा युथ क्रिएशन सुनसरीले नगरको सरसफाईमा रणनितिक योजना बनाउन देखि लिएर घरघरमा चर्पिकालागी सहयोग गरीरहेको छ ।
कार्यक्रममा ठाकुरले प्रस्तुत गरीएको प्रतिबेदनमाथी सहभागीहरुले सुझवदिदै समयमा लक्ष्य प्रप्तिकालागी कछुवाको तालमा हैन खरायोको गतिमा जानु पर्ने बताएका छन । रामकरण खडकाले नगरमा पुर्ण सरसफाई सुचक नमान्नेलाई कारवाहिको दायरामा ल्याउन सकनु पर्ने जनाएको छ । जितेन्द्र सुवेदिले सरसफाईमा नगरवासिलाई अपनत्व जगाउनु पर्ने सुझाव दिनु भयो । नेतृत्व कर्ताहरुको खुटा तानातानले गक्ति लिन नसको सुझव दिदै सिंगिया खण्डमा धेरै बिपन्न परिवाहरु रहेकाले उनीहरुलाई प्रत्यक्ष सहयोग हुनु पर्ने सुझाव गोपाल प्रसाद अधिकारीले दिएको हो । छिटै अनुगमन समिति बनाएर सबै वडामा प्रभावकारी अनुगमन हुनु पर्ने सुझाव सरस्वती पौडेलले दिएकी छिन ।
खानेपानि तथा सरसफाई स्वच्छता समन्वय समिति सचिवालय संयोजक संकरलाल चौधरीको अध्यक्षतामा सम्पन्न भएको समिक्षा कार्यक्रममा आएको सुझावहरुलाई सामाजिक बिकास शाखा प्रमुख हर्षलाल चौधरीले निचोड निकालदै अगामिदिनमा सुझाव अनुसार जाने बताउनु भयो । सहभागी र उपस्थित सरोकार संघ संस्थाका प्रतिनिधिले २०१७ सम्ममा नगरलाई पुर्ण सरसफाई बनाउन ब्यनरमा हस्तक्षर गरी प्रतिबद्धत्ता समेत जनाएको छ ।