विराटनगर, साउन १९ – कर्तव्य ज्यान मुद्दामा अदालतबाट विस वर्ष कैद सजाय तोकिएका फरार एक जनालाई प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनकालागि आज जेल पठाएको छ।
मोरङ जिल्ला अदालतबाट २०६९ साल माघ ९ गते कर्तव्य ज्यान मुद्दामा विस वर्षको कैद सजाय फैसला भएका मोरङ तेतरिया-४ बस्ने बखारु लाल माझीलाई प्रहरीले पक्राउ गरी अदालतको आदेश बमोजिम फैसला कार्यान्वयनकालागि मोरङ कारागार पठाएको हो।
फैसला संगै फरार रहेका माझीलाई पूर्व क्षेत्रीय अनुसन्धान समुह (RIT) बाट खटिएको विशेष टोलीले उनकै घर वतनबाट पक्राउ गरी आज अदालतमा उपस्थित गराएका थिए।