विराटनगर, साउन १९ -पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले झापाकी ११ वर्षिया बालिका हत्याका आरोपी पक्राउ गर्ने प्रहरी हवल्दार याम चन्द्र कार्कीलाई २०७३ साल आषाढ महिनाको “पुलिस अफ दि मन्थ” बाट पुरस्कृत गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापा मातहत ईलाका प्रहरी कार्यालय, धुलावारीमा कार्यरत रहेका प्रहरी हवल्दार कार्कीले झापा बुधवारे ५ ईन्द्रेणी चोकस्थित मावली घर आएकी बालिकाको घाँटी रेटेर हत्या गरी फरार रहेका आरोपी लुकेको स्थानबारे गोप्य सूचना संकलन गरी पक्राउ गर्न मद्दत गरेको तथा झापा दुवागढी-९ स्थित साकम्बरी प्रोडक्ट उधोगमा आगजनी गरी ३३ लाख बढीको क्षति गराउने समुहका चार जनालाई पक्राउ गर्न मद्दत पुर्‍याए वापत “पुलिस अफ दि मन्थ” को रुपमा चयन गरिएको हो।13887080_997394410358314_145122460849300044_n

कार्कीबाट सम्पादित कार्यबाट जस्तो सुकै गम्भीर प्रकृतीका अपराधी पनि कानूनी दायरामा ल्याउन प्रहरी सफल हुने सन्देश जानुकासाथै नागरिकहरुमा प्रहरी प्रतिको विश्‍वास वृद्धि हुने भएकोले सम्पादित कार्यको कदर गर्दै यसको निरन्तरताका साथै अन्य प्रहरी कर्मचारीहरूलाई समेत प्रोत्साहन गर्न २०७३ साल आषाढ महिनाको उत्कृष्ट प्रहरी (POLICE OF THE MONTH) घोषणा गरिएको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ।

“पुलिस अफ दि मन्थ” मा चयन भएका प्रहरी कर्मचारीहरुको फोटो तथा कार्य सम्पादनको विवरण क्षेत्रीय प्रहरी कार्यालयको प्राङ्गनमा रहेको आवरण स्तम्भ (Reflection Stand) मा महिनाभरी राखिनेछ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen