विराटनगर-२१ स्थित भन्सार कार्यालयको १ नम्बर ढाट नजिकैबाट प्रहरीले लागुऔषध सहित सुनसरीको धरान-१७ बस्ने १८ बर्षिय रविन बिक र सोही ठाउँका १८ बर्षिय विशाल बस्नेतलाई पक्राउ गरेको हो।
भारतीय बजार जोगवनीबाट पैदल नेपाल आउदै गर्दा उनीहरुलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले चेकजाँच गर्न क्रममा अपरान्ह ५ बजे पक्राउ गरेको हो।
प्रहरीले उनीहरुको साथबाट एभिल ४९ एम्पुल, लपिजेसीक ४७ एम्पुल, डाईजोल्याप ४७ एम्पुल, फेरानगन २ एम्पुल र नाईट्रोसन १० ट्याबलेट बरामद गरेको छ। लागुऔषध सहित पक्राउ परेका दुवैजनालाई सिमा प्रहरी चौकी रानीमा राखी थप अनुसन्धान भइरहेको छ।
त्यस्तै धरान-१६ बस्ने रविन भनिने २२ वर्षिय युगल गुरुङ र सोही ठाउँका २४ बर्षिय सन्जिव राईलाई लागुऔषध एभिल-१२५ एम्पुल, डाइजेल्याव १२५ एम्पुल र लुपिजेसिक १२५ एम्पुल सहित प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई शंका लागी चेकजाँच गर्ने क्रममा साँझ ६ बजे पक्राउ गरेको हो। लागुऔषध सहित पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको छ।