धनकुटा, साउन १७ – धनकुटाको परेवादिनमा आइतबार घाँस काट्ने क्रममा भिरबाट झरेको ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको छ।
परेवादिन-५ बस्ने ४२ बर्षिय कमला सुबेदी अपरान्ह १ बजे स्थानीय जंगलमा घाँस काट्ने क्रममा माथीबाट झरेको ढुङ्गाले लागेर गम्भिर घाइते भएकी थिइन्।
घाइते सुवेदीको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा राती ८ बजे मृत्यु भएको हो।