झुम्का,साउन १६ – रामधुनीभासिको झुम्कामा आज लाईन्स कल्वको नयाँ समिति गठन गरीएको छ । डिल्ली कार्कीको अध्यक्षतामा बसेको बैठकबाट अध्यक्ष सहित १३ सदस्य समिति गठन भएको हर्षलाल चौधरीले बताउनु भयो ।
रामधुनीभासि नगरपालिकाको सभाहलमा भएको बैठकबाट नयाँ गठित समितिका प्रथम उपाध्यक्ष चौधरीका अनुसार दृतिय उपाध्यक्ष दुर्गा प्रसाद फुयाल,तृतिय उपाध्यक्षमा पुष्प कार्की, सचिवमा कपिल माथि दाहाल, कोषाध्यक्षमा डिल्लीराम गुरागाई रहनु भएको छ । त्यसैगरी जन सम्पर्क अधिकारीमा गुण राज आचार्य,सह–सचिवमा आशा चौधरी,मेम्बर शिप डाईरेक्टरमा लक्ष्मी भट्टराई, कल्व डाईरेक्टर पुष्प दाहाल,कमल शाह,निशा चौहान बस्नेत र रमेश काफले रहनु भएको छ ।