सुनिल चौधरी
झुम्का,साउन १५ – रामधुनीभासिको झुम्का बजारमा ब्यापारीहरु फोहोर ब्यवस्थापनमा जुटन थालेको छ । दैनिक रुपमा पसलबाट निस्केको फोहोर ब्यापारीहरु डस्बिनमा राखि ब्यवस्थापनमा जुटेको हो ।

नगरपालिकाबाट फोहोर ब्यवस्थापनकालागी आज सनिवार प्रत्येक पसलमा अनुगमन गर्दा ब्यापारीहरुले फोहोर ब्यवस्थापन गर्दै गरेको देखिएको छ । डस्बिनमा भरिएको फोहोर उनीहरुले बोरामा राख्ने गर्ने गरेको छ । यस भन्दा पहिले ब्यापारीहरु पसल अगाडी अब्यवस्थित रुपमा राख्ने गरिन्थ्यो । उनीहरुले अब फोहोर डस्बिनमै राख्ने बानि परीसकेको बताउनु भयो ।

झुम्काका प्रत्येक ब्यपारीहरुलाई जेष्ठ २३ गते वातावरण दिवशको अवसरमा वल्र्ड भिजनको सहयोगमा युथ क्रिएशन सुनसरीले नगरपालिकाको सहकार्यमा पिको संस्था सुनसरीले डस्बिन बितरण गरेको थियो ।

डस्बिनमा राखिएको फोहोर ब्यवस्थापनकालागी नगरपालिकाबाट सञ्चालति फोहोर बोक्ने ट्रिपर गाडी प्रत्येक पसल अगाडी बिहान ९ बजे साईरन बजाउदै आउनु पर्ने ब्यापारीहरुले अनुगम कर्ताहरु संग माग गरीएको छ । अहिले भने फोहोर बोक्ने ट्रिपर गाडी बिहानै ६ बजे आउने गरेको छ । बयापारीको गुनासोलाई मध्यनजर गर्दै खानेपानी तथा सरसफाई स्वच्छता समन्बय समिति सचिवालयले सोहि अनुरुप फोहोर बोक्ने ट्रिपर गाडी पठाउने निर्णय गरेको जनाएको छ ।

अनुगमन गर्दा केहि ब्यापारीहरुले डस्बिनमा फोहोर नराखि पसलमा सामान बिक्रीकालागी प्रयोग गर्ने गरेको पाईएको छ । एक फेन्सि पसलले डस्बिनमा बिक्रि गर्नकालागी छाताहरु राखिएको पाईएको छ भने कतिपयले पानि राख्ने भाडो समेत बनाई प्रयाग गर्ने गरेको भेटिएको छ ।

अनुगमनमा सहभागीहरुले अनुगमन गर्दै प्रत्येक पसलको अगाडी डस्बिन राख्नु पर्ने ब्यापारीहरुलाई सुझाव दिएका छन । यसले बजार भर्न आएकाले पनि डस्बिनमा फोहोर राख्न सकोस भनेर सुझाव दिएका हुन । अनुगमन खानेपानी तथा सरसफाई स्वच्छता समन्बय समिति सचिवालयका संयोजक संकरलाल चौधरीको अध्यक्षतामा राजनैतिक दल,सरोकार संघ सस्था,पत्रकार, सचिवालय सदस्यहरुको टोलिले गरेको शाखा प्रमुख हर्षलाल चौधरीले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen