खोटाङ, साउन १५ – खोटाङको फेदीमा बन्दुक देखाउने एक जनालाई प्रहरीले शुक्रबार भरुवा बन्दुकसहित पक्राउ गरेको छ।पक्राउ पर्नेमा फेदी गाविस-३ का ३६ बर्षिय धन बहादुर राई रहेका छन्।गत साउन ११ गते राईले सोही ठाउँकी जनता राईसहित तीन जनालाई बन्दुक देखाएर तर्साएको भन्ने उजुरीका आधारमा प्रह चौकी खार्ताम्छाबाट गएको टोलीले धन बहादुरलाई बन्दुकसहित पक्राउ गरेको हो।राईलाई प्रहरी चौकी खार्ताम्छामा राखि थप अनुसन्धान भइरहेको छ।