उदयपुर, साउन १५- उदयपुरको कटारीस्थित अमाहा खोलामा बाढीले भत्काएको बाँध प्रहरीको अगुवाईमा निर्माण गरिएको छ।
कटारी नगरपालिका ५ स्थित अमाहा खोलाको बाढीले भत्काएको तारजलीको बाँध इलाका प्रहरी कार्यालय उदयपुर कटारीका प्रहरी, कटारी सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु तथा सर्वसाधारण भएर आज विहान निर्माण गरिएको हो।सो बाँध भत्किएर सिरानटोलमा पानी पसेर ३६ परिवार विस्थापित भएका थिए।