सुनिल चौधरी
झुम्का, साउन १४ – रामधुनीभासि नगरपालिकाले नगरमा पुर्ण सरसफाई वातावरण मैत्री नगरपालिका बनाउने अभियान कार्यक्रम अन्तर्गत आज सुक्रवार नगरमा अनुगमन गरेको छ । पुर्ण सरसफाई वातावरण मैत्री घोषणा भैसकेको टोल बिकास र अन्य टोल बिकास संस्थाहरुमा सरसफाईको अवस्थाको बारेमा अनुगमन गरेको योजना शाखा प्रमुख हर्षलाल चौधरीले रेडियो रामधुनीलाई बताउनु भयो ।

अनुगमन गर्ने क्रममा वडा नं. ४ मा रहेको मुसहरIMG_20160729_091656 वस्तिमा सरसफाईमा चुनौति देखिएको छ । त्यस वस्तिमा चर्पिकालागी सहयोगी संस्थाले प्यान जोडने सम्म बनाई दिदा पनि कतिपय परीवारले प्रयोग सम्म गरेको छैन भने प्रयोग गरेकाहरुको चर्पि पनि मर्मत भएको देखिएन । मर्मत नहुदा प्रयोग भइरहेको चर्पि पनि प्रयोग बिहिन बन्न पुगेको छ । मर्मतकालागी पनि उनीहरु दाताकै भरमा परेको बुझिएको छ । अनुगमनका सहभागीहरुले उनीहरुलाई सम्झाई बुझाई गर्दा केही परीवारले घेराबेरा लगाई प्रयोग गरीरहेका छन् । हसनपुर मुसहरी टोलको पाँच घरमा पनि उस्तै देखिएको छ ।

वडा नं ४ कै मोचि टोलमा भने सरसफाईमा सुधार हुदै आएको देखिएको छ । उनीहरुले चर्पिलाई मर्मत तथा सरसफाई गरेको देखिएको छ । शौच गरीसकेपछि उनीहरुले साबुन पानीले हाथ
धुने गरेको अनुगमनमा देखिएको छ ।IMG_20160729_092014
त्यसैगरी पुर्ण सरसफाई वातावरण मैत्री घोषणा भैसकेको टोल बिकास वडा नं. ३ जनजागृति टोल विकास,वडा नं. १ एकता टोल विकास र वडा नं. ५ भानु नगर टोल विकासमा सरसफाई निरन्तरता दिईरहेको देखिएको छ । यस टोल विकासहरुमा पुर्ण सरसफाईको सुचकहरु प्रयोग गर्नेमा प्रतिबद्ध रहेको छ । बाटो घाटो सफा र छेउ छाउमा बिरुवहरु रोपेका छन । भानु नगर टोल विकासमा भने सडकमा पक्कि (पिच रोड )बाटो समेत बनाई सकेको छ । सरसफाई निरन्तर गर्नै पर्ने भएको हुदा नगरमा टोल बिकासहरुले क्रमिक रुपमा अगाडी बढिरहेको छ ।

नगरलाई सुन्द र सफा पुर्ण सरसफाई वातावरण मैत्री घोषणा गर्ने लक्ष्य २०१७ सम्मा लिएको छ । लक्ष्य प्राप्तिकालागी नगरलाई आवश्यक पर्ने सहयोग वल्र्ड भिजनको सहयोगमा युथ क्रिएशन सुनसरीले उपलब्ध गराउँदै आएको छ ।IMG_20160729_100659

खानेपानी तथा सरसफाई स्वच्छता समन्बय समिति सचिवालयका संयोजक संकरलाल चौधरीको अध्यक्षतामा सचिवालय सदस्य, राजनीतिकदल,सरोकार संघ संस्था र पत्रकार समेतको सहभागीतामा अनुगमन गरेको हो ।अनुगमनमा सहभागी योजना शाखा प्रमुख हर्षलाल चौधरी,वल्र्ड भिजनका कार्यक्रम बिकास प्रकाश भट्ट,युथ क्रिएशन सुनसरीका फोकल पर्सन राजु शाह रामधुनी एफ.एमका पत्रकार सुनिल चौधरी स्थानिय राजनैतिकदलका प्रतिनिधि, नगरपालिकाको कर्मचारी लगायत सचिवालय सदस्यहरु हुनुहुन्थ्यो ।

IMG_20160729_084457IMG_20160729_084541IMG_20160729_085706IMG_20160729_085920IMG_20160729_100709IMG_20160729_093140

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen