सुनसरी साउन १३ – सुनसरी र उदयपुरमा बुधबर भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
सुनसरीको इटहरी-१२ मा ना ३ ख ३९२२ नम्बरको ट्रकको ठक्करबाट साईकलयात्री इटहरी-१३ बस्ने २८ बर्षिय बब्लु साहको उपचारको क्रममा मृत्यु भएको छ।
ट्रकको ठक्करबाट गम्भिर घाईते भएका साहको विपी कोइराला ,स्वास्थ्य विज्ञान प्रतीष्ठान धरानमा उपचारको क्रममा अपरान्ह ४;४० बजे मृत्यु भएको हो।
ठक्कर दिने ट्रकका चालकलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ।
त्यस्तै उदयपुरको कटारी-१० स्थित कटारी-रिस्कु सडक खण्डमा को १ ज २००६ नम्बरको बलेरो आफै अनिन्त्रित भइ दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
दुर्घटनमा घाइते भएका छ जना मध्ये रिस्कु-३ बस्ने ४३ बर्षिया जानुका परियारलाई थप उपचारको लागी विराटनगर ल्याइएको छ भने अन्य ५ जाना समान्य भएकोले कटारी अस्पतालमा उपचार पश्चात घर फर्किएका छन्। बलेरो चालकलाई इलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिएको छ।