सुनसरी, साउन १३ – पूर्व क्षेत्र अन्तर्गत सुनसरी, मोरङ, सिरहामा बुधबार पानीमा डुबेर एक बालिकासहित तीन जनाको ज्यान गएको सुचना प्राप्त भएको छ।

सुनसरीको सोनापुर-२ बस्ने पिटु शर्माकी दुई बर्षिया छोरी बिकी शर्माको बुधबार नहरमा डुबरे मृत्यु भएको छ। घर नजिकै रहेको नहरमा खेल्ने क्रमामा डुबेर गम्भिर घाइते भएकी बिकीलाई स्थानीयले बुधबार साँझ ६ बजे पानीमा डुबेको देखेपछी तत्कालै सामुदायिक अस्पताल दुहवीमा लगेका थिए।
पानीमा डुबेर गम्भिर घाइते भएकी बालिकाको सोही अस्पतालामा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको हो। घटनास्थलमा इलाका प्रहरी कार्यालय दुहवीबाट प्रहरी टोली खटिगई शव पोष्टमार्टमकालागि कोशी अंचल अस्पताल विराटनगर पठाएको छ।

मोरङको अमरदह -८ बस्ने ५८ बर्षिय सैन बहादुर पौडेल बुधबार मृत अवस्थामा भेटिएका छन्। स्थानीय ढोकरीया बजार पुर्व पट्टी रहेको कल्बट मुनिको पानीमा स्थानीयले पौडेललाई मृत अवस्थामा भेटेपछी प्रहरीलाई खबर गरेका थिए। घटना स्थलमा प्रहरी चौकी अमरदह र इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरीको टोली खटिगई आवश्यक कानुनी प्रकृया पुरा गरेको छ।

सिरहाको लहान-४ बस्ने ६७ बर्षिया मिश्रलाल साह बुधबार सखुवानन्कारकट्टी ९ स्थित बलान खोलामा मृत अवस्थाम भेटिएका छन्।
मंगलबार बेलुका घरबाट हिडेका साहलाई उनकै छोरा सत्यनारायण साहले खोजीगर्ने क्रममा बुधबार विहान ११ बजे उक्त खोलामा मृत अवस्थामा भेटेपछी प्रहरीलाई खबर गरेका थिए।
घटना स्थलमा इलाका प्रहरी कार्यालय महेशबारीबाट प्रहरीको टोली खटीगई आवश्यक कानुनी प्रकृया पुरा गरेको छ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen