झुम्का साउन १२- मधेशा र डुम्राहा गाविसलाई रामधुनी भासि तर्फ गाभ्ने पहलमा जुटेको छ । स्थानिय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति सुनसरीले जिल्ला स्तरीय बैठक मार्फत आआफ्नो पायकको प्रस्ताव ल्याउन भनेपछि डुम्राहा र मधेशाका अगुवा र राजनैतिक दलका नेताहरु आफुपायकको प्रस्ताव तयार पारी समर्थन जुटाउने पहलमा जुटेका हुन् ।

सोही अनुरुप तयार पारिएको प्रस्ताविक सूचिमा मधेशा र डुम्राहा गाविस रामधुनी भाषी नगरपालिकामा समावेश गरिएको छ । जनसंख्याको आधारमा तय गरिने गाउँपालिका र नगरपालिकाको क्षेत्र विस्तारको क्रममा रामधुनी भाषी नपामा, बक्लौरी,डुम्राहा,मधेशा र चाँदवेला समायोजनको प्रस्ताव गरिएको छ ।

त्यसैगरी इनरुवा नगरपालिकामा इनरुवा,बबिया,जल्पापुर,नरसिंह,भोक्राहा र सत्तेरझोरालाई प्रस्ताविकका रुपमा राखिएको छ ।
दुहवी बुढीगंगा नगरपालिकामा दुहवी भलुवा,सोनापुर,सिमरिया,औराबनी,तनमुना,छिटाहा र पूर्व कुशाहा राखिएको छ ।प्रस्ताविक केशलिया गाउँपालिका अन्र्तगत रामगंज वेलगछिया, अमडुबा,अमाहीवेल्हा,चिमडी,रासी,साहेवगंज र कप्तानगंज रहेका छन् । सुनसरी गाउँपालिका अन्र्तगत गौतमपुर, रामनगर भुटाहा, हरिनगरा,मध्यहर्षाही,देवानगंज,घुस्की,बसन्तपुर रहेका छन् । कोशी गाउँपालिकाकालागि लौकही,पश्चिम कुशाहा, श्रीपुर जब्दी, हरिपुर र मधुवन प्रस्ताव गरिएका छन् ।धरान उप महानगरपालिकामा धरान र बराहक्षेत्र रहेका छन् भने इटहरी उप महानगरपालिकामा इटहरी,मधेली, रहेका छन् ।साउनको २५ गते भित्र प्राप्त जिल्लाभरको सुझाव र प्रस्ताव उपर जिल्ला तहको सर्वपक्षिय बैठकको निर्णयबाट पारित प्रस्ताव केन्द्रमा कार्यान्यवनका लागि पठाइएने सुनसरीका स्थानीय विकास अधिकारी रामप्रसाद वाग्लेले बताउनुभयो

IMG_20160513_083543

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen