चाँदवेला साउन ११ – सुनसरीको चाँदवेलामा एक विधालयमा अध्यनरत छात्रा बलात्कृत भएकी छन । चादवेला वडा नं. १ स्थित जियाहुल हक प्राथमिक विधालयमा अध्यनरत छात्रा बलात्कृत भएको हो । सो प्राथमिक विधालयमा अध्यनरत छात्रालाई सोही विधालयका शिक्षक सुनसरी नरसिंह(१ वस्ने वर्ष ३८ को अहमुदिन मिया र अर्का शिक्षक मधेली(८ वस्ने वर्ष ३०को अक्तर मियाले बलात्कार गरेका हुन । बलात्कार गर्ने दुबैजनालाई पक्राउ गरी जवरजस्ती करणी गरेकोले निजहरुलाई जिल्ला प्रहरी कार्यालय द्धारा मुद्धा दर्ता गरेको जनाएको छ । म्याद थप भई अनुसन्धान भईरहेको समेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।